मंगलबार · २७ असोज २०८३ काठमाडौं२१°C
KHABARTHALI NEWSROOM मंगलबार २७ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

सुर्नया ८ मा खुल्ला भलिबल प्रतियोगिता हुँदै,प्रथम पुरस्कार १० हजार रुपैयाँ

हरिशचन्द्र भाट
समाचार प्रमुख २५० समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी ।
  • बैतडीको सुर्नया गाउँपालिका–८, डोलेस्थित श्री भूमिराज माध्यमिक विद्यालयको खेलमैदानमा वडा दशैको अवसरमा ‘सुर्नया०८ ढोलेमा खुल्ला भलिबल प्रतियोगिता’ आयोजना हुने भएको छ।
  • Gen-Z युवाहरूको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमले १० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।


बैतडी । बैतडीको सुर्नया गाउँपालिका–८, डोलेस्थित श्री भूमिराज माध्यमिक विद्यालयको खेलमैदानमा वडा दशैको अवसरमा ‘सुर्नया०८ ढोलेमा खुल्ला भलिबल प्रतियोगिता’ आयोजना हुने भएको छ।

Gen-Z युवाहरूको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमले १० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, द्वितीय हुने टिमले ७ हजार रुपैयाँ र तृतीय हुने टिमले ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन टिम दर्ता शुल्क २ हजार ५ सय रुपैयाँ तोकिएको छ। टिम दर्ताको अन्तिम मिति कात्तिक ४ गते साँझ ४ बजेसम्म रहेको छ भने प्रतियोगिता कात्तिक ४ देखि ७ गतेसम्म सञ्चालन हुने खेलाडी तथा आयोजक टिमका पदाधिकारी अनिल लुहारले बताउनु भयो।

प्रतियोगितामा सुर्नया गाउँपालिकाभित्रका खेलाडीले मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ। क्षेत्रीय तथा राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी खेलाडीले भने यस प्रतियोगितामा खेल्न पाउने छैनन्।

प्रतियोगिता श्री भूमिराज माध्यमिक विद्यालयको खेलमैदान, सुर्नया गाउँपालिका–८, ढोलेमा सञ्चालन हुनेछ। थप जानकारी तथा टिम दर्ताका लागि ९७४४७३८७०७ र ९८६०१४३१७३ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

खेल खेलौँ, एकता बढाऔँ, खेलकुदमार्फत गाउँको पहिचान बनाऔँ’ भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिताले स्थानीय खेलकुदको विकास र युवाबीच आपसी एकता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
खबरथली डटकम

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।