बैतडी — बैतडीको सुर्नया गाउँपालिकामा पाँचदिने निःशुल्क दन्त तथा स्त्रीरोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
युनाइटेड नेपाल फाउण्डेशनको पहलमा सगरमाथा हेल्थ फाउण्डेशन, महाराजगञ्ज काठमाडौं तथा हेल्थ केयर नेपालसँगको सहकार्यमा आगामी २०८३ मंसिर २ गतेदेखि ६ गतेसम्म शिविर सञ्चालन गर्न लागिएको हो।
शिविरमा निःशुल्क दन्त उपचार सेवा तथा महिलासम्बन्धी रोगको स्वास्थ्य परीक्षण सेवा प्रदान गरिने जनाइएको छ।
शिविर सञ्चालनका लागि आवश्यक सहयोग, सहजीकरण तथा स्थानीयस्तरमा जानकारी प्रवाह गरिदिन समेत अनुरोध गरेकाछन।
ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच सहज बनाउने उद्देश्यले सञ्चालन हुन लागेको उक्त शिविरबाट स्थानीय नागरिक तथा महिलाहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।
शिविरको मिति: २०८३ मंसिर २ देखि ६ गते














