सुर्नयामा खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न,सुर्नया ०४ को टिम किङ् कोइला प्रथम
बैतडी सुर्नया : बैतडीको सुर्नया तडीगाउँमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएकाे छ।
सुर्नया गाउँपालिका वडा नं. ३ मा रहेको बासुदेव आधारभूत विद्यालय र बासुलिङ युवा क्लब तडीगाउँको संयुक्त आयोजनामा बुधबारदेखि सञ्चालित प्रतियोगिता विहिवार सम्पन्न भएको हो।
सम्पन्न खुल्ला पुरुष भलिबल प्रतियोगितामा किङ काेइला प्रथम भएकाे छ । प्रथम स्थान हासिल गरेकाे किङ काेइलाले नगद ९ हजार ट्रफि मेडल र प्रमाणपत्र हात पार्न सफल भएकाे छ ।
यस्तै केदारमा मावि कठमडा द्वितीय भएकाे छ । उसले नगद ४५ सय ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ ।
यस्तै तितृय स्थान जेनजी युनियनले प्राप्त गरेकाे छ । उसले नगद २५ सय ट्र्फि मेडल र प्रमाणपत्र प्राप्त गरेकाे आयाेजकले जनाएकाे छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भानदेव भट्टकाे सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न संघ संस्थाका पदाधिकारी, सुर्नया गाउँपालिकका कर्मचारी , शिक्षक, खेल प्रेमि अभिभावक र स्थानीयहरुकाे सहभागीता रहेकाे थियाे ।
प्रतियोगितामा आयाेजक सहित आठ टिमको सहभागिता रहेको थियाे ।
उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र खेल सञ्चाल गर्नमा सहयाेग गर्ने व्यक्तिहरुलाई पनि सम्मान पत्र बाट सम्मान गरिएकाे हाे ।
सबै सहयाेगि दाताहरुकाे सहयाेगमा भलिबल प्रतियोगिता गर्न सफल भएका क्लवका पदाधिकारी दिपेश भट्टले बताए ।
आयोजकका अनुसार खेलकुदमार्फत युवामा अनुशासन, आपसी सद्भाव र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
बैतडीमा दोस्रोपटक समान्य हिमपात
बैतडी : बैतडीमा दोस्रोपटक समान्य हिमपात भएको छ। मंगलबार राति जिल्लाका उच्च भेग रौलाकेदार धाम आस पासका छेत्र,सिगास धुरा,खोडपे, बाचपानी,अनारखोली, ढोल्यामोड स्रिभाबरमा हिमपात भएको हो ।
यसअघि पनि शुक्रबार राती हिमपातसहित हिउँदे वर्षा भएको थियो ।
दोस्रोपटक हिमपात र वर्षा भएपछी किसानहरू भने खुसि बनेका छन् । गहुँ,आलु लगायत हिउँदे बाली सप्रिने भएकाले किसानहरु खुसि भएका सुर्नया ०४ स्थानिय हरिसिंह महराले बताए।
हिमपातका कारण चिसो बढेकाले सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरूले आग्रह समेत गरेका छन्।

बालेन शाह सुदुरपश्चिमका जिल्लामा व्यस्त,
बैतडी : बालेन शाह सुदुरपश्चिमका जिल्लामा ब्यस्त देखिएका हुन। सुदुरपश्चिमको कैलाली जिल्लामा हिजो पुगेका बालेन हिजो देखि नै पार्टीका कार्यकर्ता भेटघाट तथा विभिन्न कार्यक्रम मा ब्यस्त देखिएका छन।
आज बालेनको व्यस्त सेड्युल,
बिहान ७:००- राजापुरः स्वागत तथा अभिवादन कार्यक्रम
७:०० – ८:०० राजापुर टिकापुर (यात्रा)
८:०० – ९:०० – टिकापुर बजारः स्वागत तथा अभिवादन कार्यक्रम (घण्टीघर, कुमारी बैंक नजिक, लम्की-टिकापुर सडक)
९:०० – ९:३० टिकापुर लम्की (यात्रा)
९:३० – १०:०० लम्की बजार (भल्गा घण्टीघर): स्वागत तथा अभिवादन कार्यक्रम
१०:०० – १०:३० – लम्की बर्दगोरिया (यात्रा)
१०:३० – ११:०० बर्दगोरिया बजार क्षेत्रः स्वागत तथा अभिवादन कार्यक्रम
११:०० – ११:३० – सुखड (घण्टीघर): स्वागत तथा अभिवादन कार्यक्रम
११:३० – १२:०० पहमानपुरः स्वागत तथा अभिवादन कार्यक्रम
१२:०० – १२:३० मसुरियाः स्वागत तथा अभिवादन कार्यक्रम
१२:३० – १:०० – चौमाला (घण्टीघर): स्वागत तथा अभिवादन कार्यक्रम
१:०० – २:३० अत्तरियाः (घण्टीघरमा झर्ने) दिउँसो खाना तथा संक्षिप्त भेटघाट
२:३० ३:३० धनगढी बजारः स्वागत तथा अभिवादन कार्यक्रम
कञ्चनपुर जिल्ला
३:३० – ४:०० धनगढी पुनर्वास (यात्रा)
४:०० – ४:१५ पुनर्वास चोकः स्वागत तथा अभिवादन कार्यक्रम
४:१५ ५:० पुनर्वास झलारी (यात्रा)
५:०० – ५:१५ झलारीः स्वागत तथा अभिवादन कार्यक्रम
५:१५ – ६:१० झलारी महेन्द्रनगर (यात्रा)
६:१० – ७:०० महेन्द्रनगर बजार (घण्टाघर/मदनचोक): स्वागत तथा अभिवादन कार्यक्रम
राति ८:०० रात्रि विश्राम
भोलि १४ गते बालेन बैतडी आउदै,,
बैतडी : भोलि १४ गते बालेन शाह बैतडीकाे पाटन आउने भएका छन् । जिल्लाकाे मुख्य केन्द्र पाटनसहितका विभिन्न स्थानमा भेटघाटकाे कार्यक्रम रहेकाे रास्वपा बैतडीले जनाएको छ । कैलालीबाट डाेटी , डडेल्धुरा, बैतडी हुँदै बालेन दार्चुला पुग्ने तालिका रहेको छ।
बैतडी दोगडाकेदारकी आरती महराको स्वास्थ्यमा गम्भीर समस्या,सहयोग गरिदिन सबैमा आग्रह
बैतडी : बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर–७ की स्थायी बासिन्दा तथा श्रीकोट क्याम्पसमा बीएड प्रथम वर्षमा अध्ययनरत छात्रा आरती महरा गम्भीर स्वास्थ्य समस्याबाट पीडित बनेकी छन्। क्याम्पसकै लगनशील तथा खेलकुदमा सक्रिय छात्रा महरा एक सातादेखि फोक्सोसम्बन्धी रोगबाट ग्रसित भएपछि उनको अवस्था जटिल बन्दै गएको हो।
बैतडीमा उपचारको सम्भावना कम भएपछि उनलाई धनगढी रेफर गरिएको थियो। तर थप उपचारका लागि धनगढी लैजाँदै गर्दा डडेलधुरा पुगेको बित्तिकै आरतीलाई श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि डडेलधुरा अस्पतालमा भर्ना गरिएको परिवारले जनाएको छ।
हाल उनी विगत तीन दिनदेखि डडेलधुरा अस्पतालको आईसीयू कक्षमा भेन्टिलेटरमा राखेर उपचाररत छिन्। चिकित्सकका अनुसार यहाँ पनि उपचार सम्भव नहुने देखिएकाले उनलाई थप उच्चस्तरीय उपचारका लागि भेन्टिलेटरसहितको एम्बुलेन्समार्फत रेफर गरेर हिजो निसर्ग हस्पिटल लगिएको थियो।
आर्थिक अवस्था कमजोर भएको परिवारका लागि यो उपचार अत्यन्तै चुनौतीपूर्ण बनेको छ। महराको जीवन रक्षाका लागि तत्काल भेन्टिलेटरसहितको एम्बुलेन्स, उच्चस्तरीय अस्पतालमा उपचार तथा त्यससँग सम्बन्धित खर्च व्यवस्थापन गर्न आर्थिक सहयोगको खाँचो रहेको परिवारले जनाएको छ।
उनको उपचारमा सहजीकरण गर्न तथा आवश्यक आर्थिक सहयोग जुटाउन सम्बन्धित निकाय, स्थानीय सरकार, सामाजिक संघसंस्था, शुभेच्छुक व्यक्ति तथा सम्पूर्ण मानवतावादी मन भएका नागरिकहरूलाई परिवारले विनम्र अपिल गरेको छ।
आर्थिक सहयोग गर्न इच्छुक महानुभावहरूले ९८६६३०७०९५ नम्बरमा अथवा तल दिएको क्युआर मा सहयोग गर्न सक्नुहुनेछ।

सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा जीतेन्द्र विकलाई खटायो
बैतडी सुर्नया-बैतडीको सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा जीतेन्द्र विकलाई खटाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सञ्चार तथा सूचना मन्त्रालय अन्तर्गत कार्यरत शाखा अधिकृत विकलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको हो ।
यसअघि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक तथा प्रशासनिक कामकाजहरु ठप्प रहेका छन् । मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएपछि अब काम अघि बढ्ने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।
सुर्नया गाउँपालिका गएको कार्तिक २६ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको छ । गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा सबै कामकाज ठप्प भएपछि अध्यक्ष कुँवरले मन्त्रालयमै पुगेर प्रमुख प्रशासकीय अधिकृत खटाइदिन आग्रह गरेका थिए ।
गाउँपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीहरुको तलबभत्ता, सामाजिक सुरक्षा भत्ता लगायतका निकासा रोकिएका छन् । यस्तै विकास निर्माणका कामहरु समेत अगाडि बढाउन समस्या भइरहेको छ ।

बझाङको केदारस्यु गाउपालिकाले भैरब माबि लाई ३ लाख ३३ हजार ३ सय रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने
बैतडी : केदारस्युँ गाउँपालिका अध्यक्ष गणेश बोहराले पालिकाभित्रका सबै १३ वटा विद्यालयमा क्रमशः खेलमैदान निर्माण गरिने घोषणा गर्नुभएको छ । पालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष बोहराले विद्यालय तहमा खेलकुद पूर्वाधारको अभावका कारण प्रतियोगिता सञ्चालनमा समस्या आएको गुनासो बढ्दै गएको उल्लेख गर्दै खेलमैदान निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले हालसम्म दुई वटा विद्यालयमा खेलमैदान निर्माण सम्पन्न भइसकेको जानकारी दिँदै बाँकी विद्यालयहरूमा पनि चरणबद्ध रूपमा निर्माण गरिने बताउनुभयो । अध्यक्ष बोहराका अनुसार विद्यालयले आवश्यक जग्गाको पहिचान गर्ने र सम्बन्धित वडाले जग्गा उपलब्ध गराएमा गाउँपालिकाले खेलमैदान निर्माण गर्नेछ ।
यसैगरी, प्रतियोगितामा ह्याट्रिक गर्दै तेस्रो पटक उपाधि जित्न सफल भैरव माध्यमिक विद्यालयलाई प्रोत्साहनस्वरूप गाउँपालिकाले ३ लाख ३३ हजार ३ सय रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको जानकारी पनि उहाँले दिनुभयो ।
बैतडी जिप दुर्घटना अपडेट:मृतकको परिचय खुल्यो
बैतडी : बैतडीको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिगास गाउँपालिका १ बस्ने २४ बर्षीय निसान्त बोहरा, सिगास कै २८ बर्षीय भान देव भट्ट, डडेल्धुराको आलिताल गाउँपालिका ३ बस्ने १३ बर्षका राकेश रावल रहेको प्रहरीले जनाएको छ ।
पाटन नगरपालिका ८ को विजयपुर नजिकै झैलेक भिरमा सुर्नया गाउँपालिका-६ को मोतिनगरबाट डडेल्धुरातर्फ जादै गरेको म १ ज २२४ नम्बरको जिप आज बिहान करिब १० बजेको समयमा दुर्घटनामा परेको हो ।
बैतडीको सुर्नया प्रमुख प्रशासकीय अधिकृत विहीन,सेवाग्राही प्रभावित
बैतडी : जिल्लाको सुर्नया गाउँपालिका पछिल्लो दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकको गएको कार्तिक २५ गते निर्वाचन आयोगमा सरुवा भएको थियो । त्यसयता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन रहेको छ ।
गत पौष ६ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृत खगेन्द्र भारतीलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको थियो । तर भारती गाउँपालिकामा हाजिर नहुँदै जिल्ला निर्वाचन कार्यालय बैतडीमा सरुवा भएको छ । भारती जिल्ला निर्वाचन कार्यालयमा आइसकेका छन् ।
गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक तथा प्रशासनिक कामहरू रोकिएका गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले जानकारी दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गरिदिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पटक–पटक आग्रह गर्दा समेत समस्या समाधान नभएको उहाँले बताउनुभयो । योजना कार्यान्वयन गर्नुपर्ने समयमा प्रमुख नहुँदा समस्या भएको उहाँले बताउनुभयो।
कर्मचारीहरूको तलवभत्ता तथा सामाजिक सुरक्षा भत्ता लगायतका आर्थिक गतिविधि पनि ठप्प भएको गाउँपालिकाले जनाएको छ ।
निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान
धनगढी : आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गर्दै बिहीबार सूचना प्रकाशन गरेको हो ।
निर्वाचन सुरक्षामा खटिनेगरी निर्वाचन प्रहरीमा भर्ना हुन चाहनेहरूले पुस २५ देखि माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन् ।
सार्वजनिक बिदाको दिनपनि दरखास्त लिइने प्रहरी प्रधान कार्यालय मानव श्रोत विकाश विभागले जनाएको छ ।
काठमाडौँ उपत्यका स्थित तीनवटा जिल्ला प्रहरी परिसर र सबै जिल्ला प्रहरी कार्यालयबाट निर्वाचन प्रहरीको दरखास्त फारम लिन र बुझाउने सकिने छ ।
साधारण लेखपढ गर्न जान्ने १८ वर्ष पुरा भएका र ५४ वर्ष ननाघेका नागरिकहरू निर्वाचन प्रहरीमा भर्ना हुन पाउने छन् ।
माघ ५ गतेदेखि ९ गतेसम्म छनोट गरेर माघ १२ मा अन्तिम नतिजा प्रकाशन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
छनौट भएका उम्मेदवारले माघ १५ देखि२४ गतेसम्म तालिम लिनुपर्ने छ । निर्वाचन प्रहरीको कार्य अवधि ४० दिनको हुने छ ।
चालिस दिनमा उनीहरुले ३४ हजार ७७६ रुपैयाँ तलब सुविधा पाउनेछन् । त्यसबाहेक उनीहरूलाई रासन र आउजाउ गर्न ८४६ रुपैयाँ थप तयारी खर्च प्रदान गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
त्यस्तै, निर्वाचन प्रहरीले ४ दिनको लागि दैनिक ३ सयको दरले खाजा खर्च पाउनेछन् । पोसाक बापत छुट्टै रकम प्रहरी प्रधान कार्यालयले उपलब्ध गराउने छ ।
फागुन २१ मा प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरिएको छ।
सुर्नयाबाट धनगढी पुग्न ७०० भाडा लाग्ने,९०वर्ष माथीका वृद्धहरुको लागी निशुल्क यात्राको ब्यबस्था
बैतडी सुर्नया : बैतडीको सुर्नया गाउपालिका बाट प्रदेश राजधानी धनगढी सम्म पुग्न मात्र ७०० भाडा लाग्ने भएको छ।
यात्रुहरुलाई मध्यनजर गर्दै खप्तड यातायात प्रालीका दुई वटा (इलेक्ट्रोनिक भ्यान) इभी गाडीले सुर्नयाको सन्सेरीमाण्डौ देखि बिहान ७ बजे र कैलाली अत्तरिया बाट बिहान ८ बजे गाडी छुट्ने गरेर दैनीक रुपमा दोहोरो सेवा दिदै आएको (इलेक्ट्रोनिक भ्यान) इभी गाडी सञ्चालक चन्द्रसिह कुवरले बताउनुभयो।
गाडी केहि महिना अगाडी सञ्चालन भएको भएपनि यात्रुहरुको सेवालाई थप मजबुद बनाउन र यात्रुहरुलाई केहि सौलिहत होस भन्ने हेतुले भाडा घटाइएको उहाले बताए।
यस्तै यो भन्दा पहिले धनगढी पुग्न १५०० भाडा लाग्ने र अब सात सयमा पुगीरहेको यात्रुहरुको भनाई छ। साथै ८० बर्ष माथिका वृद्धहरु लाई १०% छुट र ९० बर्ष माथिका वृद्धहरुलाई भाडा निशुल्क रहेको महेश कुवँरले बताए। सुर्नया बाट प्रदेश राजधानी धनगढी सम्म पुग्न ७०० भाडा लाग्ने भएपछि सुर्नयाबासी हर्षित बनेकाछन।
प्रतिनिधि सभाका लागि नेकपा बैतडीबाट कुँवर र भट्टको नाम सिफारिस
बैतडी : प्रतिनिधि सभाका लागि नेकपा बैतडीबाट कुँवर र भट्टको नाम सिफारिस गरिएकाे छ ।
आज बसेकाे नेपाली कम्युनिस्ट पार्टी बैतडीकाे बैठकले नरेन्द्र कुँवर बिजयसुन्दर र परमान्नद भट्टलाई सिफारिस गरेकाे नेकपा बैतडीका नेता शंकर भण्डारीले बताए ।
करिब साँढेचार बर्षदेखि पाटन एयरपोर्टमा हवाई उडान बन्द हुँदा बैतडीबासी चिन्तित
पुस २० बैतडी : बैतडीको पाटन-धनगढी उडान एक डेढ वर्षदेखि ठप्प रहेको छ। पाटनबाट २०७८ चैत १० गते समिट एयरले अन्तिम उडान भरेको थियो। त्यसयता पाटन-धनगढी कुनै उडान हुन सकेको छैन। यात्रु अभावको कारण देखाउँदै उडान नभरेको समिट एयरले जनाएको छ।
यात्रु नभएकै कारण समिट एयरले धनगढी-पाटन उडान समिट एयरलाइंसले स्थगित गरेको थियो।
पाटनदेखि धनगढी पुग्न १७ मिनेटको हवाई यात्रा छ । भाडा भने पाँच हजार तोकिएको छ। समिटले प्रत्येक बिहीबार उडान भर्दै आएको थियो।
नियमित उडान नहुने र भाडा पनि महँगो भएको हुनाले यात्रु पाउन मुस्किल हुने गरेको सेवाग्राहीको भनाइ छ । भाडा समायोजन गरी यात्रुहरूको सहजताका लागि नियमित उडान भर्नुपर्ने पाटन ०६ सहकर्मी मनमोहन बिष्टले बताए। ‘१७ मिनेटको हवाई दूरीमा चारदेखि पाँच हजार भाडा धेरै हो, समायोजन गरेर नियमित सञ्चालन गर्न सके सहज हुन्थ्यो, यात्रु पनि भेटिन्छन्,’ उहाँले भन्नुभयो ।
विमानस्थल सञ्चालनमा नआउँदा राज्यको लगानीको दुरुपयोग भएको छ भने नागरिकले सेवासमेत पाउन सकेका छैनन् । जहाज नआउँदा विमानस्थलको धावनमार्गमा स्थानीयहरूले टिकटकसमेत बनाउने गरेका छन् । बैतडी जिल्लाले पटक पटक नेपाल सरकारको मन्त्री हाकिरहदा पनि साँढेचार बर्षदेखि हवाई उडान बन्द हुँदा बैतडीबासी चिन्तित बनेकाछन।
द्वन्द्वकालका बेला विमानस्थलका संरचनामा आगजनी गरी ध्वस्त भएपछि २०५२ सालयता पूर्ण रूपमा विमानस्थल बन्द रहेको थियो । २६ वर्षपछि २०७७ असोज १७ गते समिट एयरले नै परीक्षण उडान गरेको थियो । २०३६ सालदेखि २०५२ सालसम्म नियमित उडान हुने पाटन विमानस्थल द्वन्द्वका बेला बन्द भएको थियो । तर, २६ वर्षपछि २०७७ सालबाट सञ्चालनमा आए पनि यात्रु अभावको कारण देखाउँदै त्यसको एक वर्षपछि २०७८ चैत १० गतेयता व्यावसायिक उडान हुन सकेको छैन भने सम्बन्धित निकाय मौन देखिन्छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा
काठमान्डौ: राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको १ सय १० समानुपातिक उम्मेदवारको सूचीमा समेटेको छ।
मल्ल आदिवासी जनजाति क्लस्टरको पाँचौं नम्बरमा छन्। ‘फरक फरक पृष्ठभूमि व्यक्तिहरुलाई समेट्ने क्रममा मलाई पनि प्रस्ताव आएको थियो,’ मल्लले भने,’खेलकुदको पृष्ठभूमिका कारण मलाई प्रस्ताव आएको हो। यसलाई मैले सम्मान रुपमा लिएको छु। अवसर पाएको खण्ड खेलकुदमा नीतिगत सुधारका लागि नै पहल गर्ने हो।’
मल्लले झन्डै डेढ वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए। अहिले उनी राष्ट्रिय क्रिकेट टोलीको सहायक प्रशिक्षकका रुपमा कार्यरत छन् ।
बैतडी सहित सुदुरपश्चिममा आज पुस १५ मनाइँदै
बैतडी : आज पुस महिनाको १५ गते, सुदूरपश्चिममा ठूलीरात अर्थात् पुसे पन्ध्रका रुपमा धुमधामसँग मनाइँदैछ । आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरात मानी राती मीठा मीठा खानेकुरा खाएर रमाईलो गरी जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाईधुवाई गर्ने चलन रहेको छ ।
‘रातभरी कथा, कहानी (स्थानीय भाषामा आइना, बात) सुन्ने र सुनाउनेसंगै तरुल सखरगखण्ड पकाएर खाने गरिन्छ,’ पण्डित लोकराज भट्टले भने, ‘पन्नरी रातका रुपमा समेत मनाइने यो पर्वमा आज १५ किसिमका परिकारहरु खाने गर्दछन् ।’
तेल वा घिउमा तारेर पकाइएका खानेकुरा अथवा घिउ हालेको भात खाने गरिन्छ । तिहारमा भैली खेलेर जम्मा भएको रकमबाट आजै कुन्क्यौलो (वनभोज) खाने गरिन्छ । पुष १५ को आसपास सबैभन्दा चिसो समय हुने भएकाले चिसोबाट बच्न र शरीर समेत फुर्तिलो हुन भएकाले चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने गरिएको समेत पण्डित भट्टले बताए ।
एक दिन भएपनि आज घरबाहिर पकाएर खानुपर्ने मान्यताका कारण परिवारका सबै सदस्य ‘कुन्क्यौलो’ (वनभोज) जाने र मीठामीठा खानेकुरा खाने चलन रहिआएको छ । डिसेम्बर २२ तारिखलाई विश्वभरी नै सबैभन्दा छोटो दिन भनिएपनि नेपाली समाजमा भने पुस १५ लाई छोटो दिन मान्ने गरिन्छ ।
आजदेखि दिनहरु विस्तारै लम्बिदै जाने र असार १५ मा वर्षकै ठूलो दिन मानिन्छ । भारतमा पुस १५ लाई लोहरी पर्वका रुपमा मनाइने गरिन्छ ।
मेयर बालेन पदबाट राजिनामा दिने तयारीमा
धनगढी : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन ले आगामी प्रतिनिधिसभा निर्वाचनअघि नै पदबाट राजीनामा दिने तयारी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने र बालेन शाहबीच बृहत् एकतामा हस्ताक्षर भएसँगै बालेन औपचारिक रूपमा राजनीतिमा आएका छन् ।
एकतापछि बालेन शाह फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा छन् । सोही कारण उनले मेयर पदबाट राजीनामा दिने तयारी थालेका स्रोतको भनाइ छ। राजीनामा दिने ठोस मिति भने अझै तय भइनसकेको भए पनि पुसको अन्तिमतिर राजीनामा दिने तयारीमा बालेन रहेको बताइएको छ।
यसैबीच निर्वाचन आयोगले आइतबार र सोमबार सबै राजनीतिक दललाई समानुपातिकतर्फको बन्द सूची बुझाउन समय तोकेको छ। आज बिहान मेयर बालेन र रास्वपा सभापति रवि लामिछाने बिच बालेन रास्वपाबाट चुनाव लड्ने र प्रधानमन्त्री हुने सहमति भएको थियो ।
काठमाडौँ महानगरपालिकामा बालेनको कार्यकाल अझै १६ महिना बाँकी छ । तर प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार हुने भएपछि उनले राजीनामा दिने तयारी गरेका हुन् ।
सुर्नयामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता:१३ विद्यालयको सहभागीता,पालिका स्थरमा खेल मैदान नहुदा सडकमा दौडिनु पर्ने बाध्यता
बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।
गाउँपालिकाको आयोजना तथा पालिकास्तरीय खेलकुद विकास समितिको व्यवस्थापनमा रौलेश्वर मावि, रामकी बरायलमा प्रतियोगिता सञ्चालन गरिएको हो ।
तीन दिनसम्म चल्ने प्रतियोगितामा पालिकाभरिका १३ ओटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ ।
उद्घाटन सत्रमा जिल्ला समन्वय समिति प्रमुख खगेन्द्रसिंह धामी प्रमुख अतिथि रहेका थिए भने गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवर र उपाध्यक्ष मञ्जु बोहरा विशिष्ट अतिथि रहेका थिए ।
प्रतियोगिता अन्तर्गत पहिलो दिन भलिबलसहित एथलेटिक्सका खेलहरू सञ्चालन भएका छन् । यसैबिच पालिकामा खेल मैदानको अभाब भएपनि स्थानिय सरकार त्यस छेत्रमा मौन देखिन्छ ।
घरवारविहीन बैतडीको सुर्नया०४ की जानकीलाई आर्थिक सहयोग हस्तान्तरण
सुरेश महरा सुर्नया बैतडी
घरवारविहीन बैतडीको सुर्नया गाउँपालिका–४ कौलाडीकी २६ वर्षीया जानकी महरालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
विभिन्न व्यक्तिहरूबाट सङ्कलित दुई लाख २५ हजार मंगलबार हस्तान्तरण गरिएको सहयोग सङ्कलनका अभियान्ता तथा पत्रकार सुरेश महराले जानकारी दिए ।
जानकीका श्रीमान् नरेश महराको गत मंसिर १८ गते मिनिट्रक दुर्घटनामा परी निधन भएको थियो । श्रीमान्काे निधनपश्चात् घरसमेत नरहेकी जानकीले किरियाकाे समयमासमेत छिमेकीको घरमा बसेकी थिइन् ।
नरेशले यसअघि नै घरजग्गा सबै बेचेका थिए । घरजग्गा सबै बेच्नुका साथै रातदिन कुटपिट गर्ने नरेशको पीडा सहन नसकेर जानकी पाटनस्थित सुरक्षित आवासगृहमा बस्दै आएकी थिइन्।
लगत्तै श्रीमान्काे मृत्युपश्चात् जानकी र बालबच्चा बिचल्ली भएपछि आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको थियो । अभियानबाट सङ्कलित रकम मंगलबार हस्तान्तरण गरिएको हो । जानकीको बैंक खातासमेत नहुँदा पत्रकार महराले नै सहयोग सङ्कलन अभियान चलाउनुभएको थियो । सहयोग गर्नुहुने सबै दाताहरूलाई धन्यवादसमेत ज्ञापन गरिएको छ ।
यसैबिच पीडित जानकी महराको काठमाडौँस्थित किरण नमस्ते नेपाल संस्था र ग्रेस एकडेमी स्कुलमा बालबालिकाको पठनपाठनको व्यवस्था गरेको छ ।कंचनपुरस्थीत साथी सस्थाको सहयोगमा जानकी बालबच्चासहित काठमाडौँ जाने तयारीमा छिन् । जानकीका दुई छोरी र एक छोरा छन् ।
सहयोग गर्न चाहनेले जानकी महराको बैतडीस्थित ग्लोबल आईएमई बैंकको खाता नम्बर ३८७०७०१००१४८१८ जम्मा गर्नसक्नुहुनेछ ।
बैतडीको सुर्नया गाउँपालिकामा नयाँ हाकिमकाे रुपमा खगेन्द्र भारती आउने
बैतडी : बैतडीको सुर्नया गाउँपालिकामा नयाँ हाकिम आउने भएका छन्।पालिकामा नयाँ हाकिमकाे रुपमा खगेन्द्र भारती आउने भएका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृत भारतीलाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत कार्यरत रहेका भारतीलाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको मन्त्रालयले जनाएको छ ।सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकको सरुवा भएपछि गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेकाे थिया्े ।
भारती केही दिनमै पालिकामा हाजिर हुने बताइएकाे छ

बझाङको केदारस्यु गाउपालिकामा विपत् व्यवस्थापन सम्बन्धि न्युनिकरण सम्बन्धी तालिम प्रदान
केशब महरा रेडियो केदार बझाङ : बझाङको केदारस्यु गाउपालिकाले पालिकाको आयोजना तथा युरोपियन युनियनको आर्थिक सहयोगमा र विपत् खोज उद्धार सामाग्री प्रयोग विधि तथा प्रदर्शन प्राविधिक सहयोग प्रतिबद्ध तिन प्रयोजनाको सहयोगमा विपत् जोखिम व्यवस्थापन सम्बन्धि कार्यक्रमको आयोजना गरेको छ ।
बझाङको केदारस्यु गाउपालिकामा आज उक्त कार्यक्रमको आयोजना गरिएको हो । पालिकाले विपत् व्यवस्थापनको न्युनिकरण सम्बन्धि सशत्र प्रहरी नेपालको सहजिकरणमा विपत् खोज प्रमुख प्राविधिक तालिम क्षमताविकास,प्रयोग विधि,विभिन्न खोज उद्धार विधिबारे जानकारी लिएको छ। पालिकामा मौज्दात विपत् प्रयोगविधि सामाग्रिको प्रयोगमा कर्मचारीलाई तालिम प्रदान गरिएको विपत् जोखिमका प्राविधिक अधिकृत खडक विकले जानकारी दिनुभयो ।
उनले पालिकासग भएका सामाग्रिको प्रयोग गर्दै पालिका भित्रका कर्मचारीलाई विपत् व्यवस्थापन सम्बन्धि तालिम दिईएको र विपत्का बारेमा थप ससक्त बनाईएको बताए । जोखिमपुर्ण विपतबाट कसरी जोगीने सम्बन्धमा पनि तालिम प्रदान गरिएको छ ।
कार्यक्रममा बोल्दै केदारस्यु गाउपालिका अध्यक्ष गणेश बहादूर बोहराले विपत्बाट निकै सचेत रहन आग्रह गर्नुभयो । उहाले देउरा विपतको मुख्य पकेट क्षेत्र भएकाले सबैले विपत्को पुर्वतयारीमा बस्न समेत औल्याउनुभयो। यस्तै केदारस्यु गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्टले विपत्को जोखिमबाट टाढा रहन र सचेत हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको सहजिकरण सशत्र प्रहरिका डि.एस पि दुर्गादत्त भट्टले गर्नुभएको थियो । यस्तै सरोकारवालाले विपत्बाट सबै तयारी अवस्थामा रहन आग्रह गर्नूभएको छ। कार्यक्रममा पालिकामा कार्यरथ कर्मचारीहरु,वडा अध्यक्ष,पालिकाका जनप्रतिनिधि तथा सरोकारवालाको उस्थिति रहेको थियो ।
विपतको न्युनिकरण र विपत जस्तो भयाबह अवस्थाबाट जोगिन पालिकाले यसप्रति ध्यानाआर्कषण गर्न जरुरी देखिन्छ।
बैतडीका समाजसेवी विष्ट रास्वपाबाट समानुपातिक उम्मेदवार बन्ने दौडमा
बैतडीका चर्चित समाजसेवी बिर बहादुर विष्ट रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभाको समानुपातिक तर्फको उम्मेदवार बन्ने दौडमा उत्रिएका छन्।
पछिल्लो समय निरन्तर सामाजिक सेवामार्फत जनतामाझ लोकप्रिय बन्दै आएका विष्टले रास्वपाको खस–आर्य प्रवास कोटाबाट सांसद पदका लागि औपचारिक रूपमा आवेदन दिएका हुन्।
देशभित्रै श्रम, सीप र उद्यमको वातावरण निर्माण गर्ने तथा विदेशमा आर्जन गरिएको ज्ञान, सीप र पूँजीलाई राष्ट्र निर्माणमा प्रयोग गर्ने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको विष्टले बताए।
पार्टीले आह्वान गरेअनुसार तोकिएको धरौटीसहित आवेदन बुझाएको उनको भनाइ छ।साबिकाे बासुलिङ गाविस–३ ग्वानी र हाल सुर्नया गाउँपालिका–२ ग्वानी निवासी विष्टको जन्म वि.सं. २०५० सालमा भएको हो। बुवा रण बहादुर विष्ट र आमा मानमती विष्टका सुपुत्र उनी विगत एक दशकदेखि भारतको हैदराबादमा बस्दै आएका छन्।
प्रवासमै रहेर पनि उनले निरन्तर समाजसेवा गर्दै आएका छन्।प्रविणता तहसम्म अध्ययन गरेका विष्ट विपन्न परिवारमा जन्मिएर संघर्षबाट अघि बढेका व्यक्ति हुन्।
भारतमा श्रम गरेर आफू सक्षम बनेपछि उनले समस्यामा परेका नेपालीलाई आर्थिक, सामाजिक र मानवीय सहयोग गर्दै आएका छन्। गरिबीको पीडा नजिकबाट बुझेका कारण उनी समाजसेवामा अझ सक्रिय देखिन्छन्।
भारत पुगेको एक दशकको अवधिमा उनले आफूसँगै सयौँलाई रोजगारीमा जोड्न सफल भएका छन्।
घर, देश वा प्रदेश—जहाँसुकै समस्या परे पनि विनोद विष्ट पीडितका “दुखेका घाउमा मलहम” बन्ने गरेका स्थानीय बताउँछन्।
कोरोना महामारीका बेला निःशुल्क एम्बुलेन्स सञ्चालन, विद्यालयहरूमा शैक्षिक सामग्री, भित्ते घडी वितरण, बाटो–घाटो, पुल–पुलेसा तथा मठमन्दिर निर्माणमा आर्थिक सहयोग उनका नियमित सामाजिक काम हुन्।
यही निरन्तर सेवाकै कारण उनी बैतडीका जनतामाझ लोकप्रिय समाजसेवीका रूपमा चिनिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचि सार्वजनिक गरेको छ ।
भुवा पर्वको सार्बजनिक बिदाको दिन शिगास माविले गर्यो,अभिभावक अन्तरक्रिया एवम् बस्ती भेटघाट कार्यक्रम
बैतडी : बैतडी जिल्लाको पाटन नगरपालिका वडा नं. ३ गुरुडामा रहेको श्री शिगास माध्यमिक विद्यालय गौरीशंकर पोखरी विद्यालयले आफ्नो वार्षिक शैक्षिक कार्ययोजना २०८२ अनुसार पौष ४ गते शुक्रबारका दिन अभिभावक अन्तरक्रिया एवं बस्ती भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालय सेवा क्षेत्र भित्रका पाँच वटा वडा अन्तरगतका १२ वटा स्थानहरुमा अभिभावक, विद्यार्थी, शिक्षक र समितिका पदाधिकारीहरु बिच भेला राखी अन्तरकृया एवं बस्ती भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । बालबालिकाहरुका खराब आनिबानी सुधार गर्न, कुलतबाट बचाउन, शैक्षिक गुणस्तरमा बृद्धि गर्न, समुदाय र विद्यालय बिचको सम्बन्ध प्रगाढ बनाउन, भौगोलिक दुरीका कारण विद्यालयमा घेटभाट गर्न नपाएका अभिभावलाई भेटघाटमा पहुच बृद्धि गर्न, विद्यालय प्रति अभिभावकको अपनत्व बृद्धि गर्न, विद्यालयका आगामी योजनाहरुका लागि अभिभावकहरु बाट आवश्यक सुझाव सल्लाह संकलन गर्नका साथै विद्यालयको चौतर्फि विकासमा समुदायलाई जिम्मेवार बनाउने उद्धेश्यका साथ यस अभियानको थालनी गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले बताउन भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आज भुवा पर्वको सार्बजनिक बिदा दिएको भएतापनी यस विद्यालयमा कार्यरत रहेका सबै शिक्षक शिक्षिका, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी र सल्लाहकार समितिका पदाधिकारीहरु गरेर १२ वटा समूह बनाई आ आफ्नो जिम्मेवारी लिएका टोलहरुमा गई अन्तरक्रिया कार्यक्रम संचालन गरेको विद्यालयका प्रधानाध्यापक मान बहादुर चन्दले बताउन भएको छ ।
अन्तरक्रिया कार्यक्रममा बालबालिकाहरुले मोबाईल बढी चलाउने, भनेको नमान्ने, जिद्धि गर्ने, पढाईमा ध्यान नदिने, गृहकार्य नगर्ने, विद्यालय बाट पठाएका पत्रहरु घरमा नपुर्याउने समस्याहरु बालबालिकामा देखापरेका छन् भने कक्षा कोठामा समेत बालबालिकाहरु टोलाएर बस्ने गरेको विद्यालयले जनाएको छ । विद्यालयले थालनी गरेको बस्ती भेटघाट तथा अन्तरक्रिया कार्यक्रम वर्तमान परिवेशमा अति आवश्यक हुनका साथै यो कार्यक्रम प्रभावकारी रहेको पाटन नगरपालिका शिक्षा शाखा प्रतिनिधी बृखराज भट्टले बताउन भएको छ । २०२२ सालमा खुलेको यस विद्यालयका हाल कक्षा १२ सम्मको पठनपाठन भईरहेको छ भने ३८२ जना बालबालिकाहरु अध्ययन गरीरहेका छन् । बिहान ९ बजे देखी दिउँसो ३ बजे सम्म फरक फरक समय र स्थानमा संचालन गरेको कार्यक्रममा शिक्षक र समितिका पदाधिकारीहरु सहितको १२ वटा टिम बनाएर फिल्ड परिचालन गरेको र आफुले राङ्गाजुजौना, सल्लेबासा, तिलकुडाँ, धुरा र गुरुडा गरेर पाँच वटा कार्यक्रममा सहभागि भएको अध्यक्ष भाटले बताउन भयो ।
बैतडीको पाटन नगरपालिका वडा नम्बर ०९ ले वडाका जेष्ठ र एकल महिलालाई गर्यो कम्बल बितरण
बैतडी : बैतडीको पाटन नगरपालिका वडा नम्बर ०९ ले वडाका जेष्ठ र एकल महिलालाई कम्बल वितरण गरेको छ । चालु आर्थिक बर्षको स्वीकृत बजेट अनुसार वडा भित्र स्थायी बसोबास गर्ने ६० बर्ष माथीका जेष्ठ नागरिक र एकल महिलालाई न्यानो लुगा (कम्बल) वितरण गरिएको हो ।
चालु आर्थिक बर्षको ३ लाख ५० हजार बजेटमा वडाका १३७ जना जेष्ठ नागरिक र ५७ एकल महिलालाई कम्बल वितरण गरिएको वडा अध्यक्ष कालुसिंह भाटले बताउनु भयो । आर्थिक अवस्था कम्जोरका कारण धेरैजसोले न्यानो लुगा किन्न नस्कने भएकाले पनि बार्षिक बजेटमै कम्बल वितरणको लागि बजेट विनियोजित गरिएको जिल्ला समुन्वय समिति बैतडी सदस्य प्रेम भाटले बताउनु भयो ।
चिसो मौसममा आफुहरुको मर्म बुझेर वडाले कम्बल दिंदा आफुलाई खुसी लागेको वडाका जेष्ठ नागरिक आनसिह भाटले बताए । आज वडा अध्यक्ष कालु सिह भाटको अध्यक्षतामा र नगरपालिकाका प्रमुख गौरी रावल सहितको एक कार्यक्रमका विच जेष्ठ नागरिक र एकल महिलालाई कम्बल वितरण गरेको सदस्य भाटले जानकारी दिनु भएको छ।

बझाङको केदारस्यु गाउपालिकाको नबनिर्मित प्रशासकिय भवनको आज एक कार्यक्रमका बिच उद्घाटन
बझाङ : बझाङको केदारस्यु गाउपालिकाको नबनिर्मित प्रशासकिय भवनको आज एक कार्यक्रमका बिच रिबन काटेर उद्घाटन गरिएको छ।
गाउपालिका अध्यक्ष गणेशबहादुर बोहरा उपाध्यक्ष मनिषा धामी र प्रमुख प्रशासकीय अधिकृत केशबराज भट्टले रिबन काटेर उद्घाटन गर्नु भएको हो।
नबनिर्मित प्रशासकिय भवन उद्घाटन गरिए संगै अब गाउपालिका बाट दिइने सम्पुर्ण सेवाहरु अबदेखि नया भवन बाट सेवा दिइने गाउपालिका का अध्यक्ष गणेशबहादुर बोहराले जानकारी दिनु भयो।
यस्तै उक्त गाउपालिकाको प्रशासकीय भवन एल बी एन्ड एबी बुल्डर्स प्राली धनगढी कैलालीले मिती २०७९ मंसिर २१ गते ६ करोड ८० लाख ४५ हजार ३ सय ३२ रुपैया ८८ पैषामा निर्माणको जिम्मा लिएको थियो।
उक्त कार्यक्रममा गाउपालिका अध्यक्ष गणेशबहादुर बोहरा उपाध्यक्ष मनिषा धामी प्रमुख प्रशासकीय अधिकृत केशबराज भट्ट गाउपालिका भित्र रहेका सम्पुर्ण जनप्रतिनिधि गाउ सभा सदस्य विभिन्न राजनितिक दलका नेता गाउपालिकामा कार्यरत कर्मचारी र स्थानिय बासिन्दाको उपस्थिति समेत रहेको थियो।
प्रशासकीय भबन उद्घाटन गरिए संगै अब गाउपालिका बाट दिइने सम्पुर्ण सेवाहरु छिटो र छरितो हुने बिश्वास लिइएको छ।


एनपिएलको फाइनलमा भोलि साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्रतिष्पर्धा गर्ने
धनगढी : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल भोलि हुँदैछ । त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे हुने फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्रतिष्पर्धा गर्दैछन् ।
पहिलो क्वालिफायरमा गएको मंगलबार विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो । लुम्बिनीले दोस्रो क्वालिफायरमा हिजो विराटनगरलाई ४० रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो ।
दीपेन्द्रसिंह ऐेरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो । गएको वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ । गएको संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी यसपटक उपाधी जित्ने दाउमा छ । लिग चरणमा भएको यी दुबैबीचको खेलमा सुदूरपश्चिमले ७ विकेटको जित हात पारेको थियो ।
एनपीएल विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ५१ लाख रुपैयाँ, तेस्रो टोलीले २५ लाख रुपैयाँ र चौथो हुनेले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागिता थियोे ।

























