सोमबार · १९ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM सोमबार १९ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

उदयदेव पाटन प्रिमियर लिग–६ को तयारी तीव्र, स्थानीय प्रतिभालाई राष्ट्रिय मञ्च दिने महासचिव जोशीको दाबी

हरिशचन्द्र भाट
समाचार प्रमुख २३८ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी — बैतडीको पाटनमा उदयदेव पाटन प्रिमियर लिगको छैटौँ संस्करण आगामी कार्तिक ८ गतेदेखि पाटन नगरपालिका–६ स्थित कृष्ण माध्यमिक विद्यालयको खेलमैदानमा सुरु हुदै छ।प्रतियोगितालाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै स्थानीयस्तरमा लुकेर रहेका क्रिकेट प्रतिभाको पहिचान गरी राष्ट्रियस्तरसम्म पुर्‍याउने लक्ष्य राखिएको लिगका महासचिव सन्तोष जोशीले बताएका छन्।
  • यस संस्करणमा उमेर समूहका खेलाडीलाई समेत समेटेर उनीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने प्रमुख उद्देश्य रहेको जोशीले बताए।
  • स्थानीयस्तरमै प्रतिभावान खेलाडी पहिचान गरी उनीहरूलाई आगामी दिनमा राष्ट्रियस्तरको क्रिकेटमा पुग्ने आधार तयार गर्ने आयोजकको लक्ष्य रहेको छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी — बैतडीको पाटनमा उदयदेव पाटन प्रिमियर लिगको छैटौँ संस्करण आगामी कार्तिक ८ गतेदेखि पाटन नगरपालिका–६ स्थित कृष्ण माध्यमिक विद्यालयको खेलमैदानमा सुरु हुदै छ।प्रतियोगितालाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै स्थानीयस्तरमा लुकेर रहेका क्रिकेट प्रतिभाको पहिचान गरी राष्ट्रियस्तरसम्म पुर्‍याउने लक्ष्य राखिएको लिगका महासचिव सन्तोष जोशीले बताएका छन्।

यस संस्करणमा उमेर समूहका खेलाडीलाई समेत समेटेर उनीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने प्रमुख उद्देश्य रहेको जोशीले बताए। स्थानीयस्तरमै प्रतिभावान खेलाडी पहिचान गरी उनीहरूलाई आगामी दिनमा राष्ट्रियस्तरको क्रिकेटमा पुग्ने आधार तयार गर्ने आयोजकको लक्ष्य रहेको छ।

प्रतियोगितालाई केवल क्रिकेटमा सीमित नराखी धार्मिक पर्यटन र स्थानीय व्यवसायसँग जोड्ने योजना समेत अघि सारिएको छ। प्रतियोगिताका माध्यमबाट उदयदेव क्षेत्रको धार्मिक तथा पर्यटकीय पहिचानलाई प्रचार–प्रसार गर्नुका साथै स्थानीय व्यवसायलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको छ।

“उदयदेव पाटन प्रिमियर लिग–६ लाई अझ व्यवस्थित बनाउँदै स्थानीय स्तरमा लुकेका प्रतिभालाई राष्ट्रिय स्तरमा पहिचान दिलाउने हाम्रो मुख्य उद्देश्य हो। उमेर समूहका खेलाडीलाई समेत समेटेर अवसर दिने र खेललाई स्थानीयस्तरबाटै धार्मिक पर्यटन तथा व्यवसायसँग जोड्ने एजेन्डा अघि सारेका छौँ,” महासचिव जोशीले भने।

कार्तिक ८ गतेदेखि कृष्ण माध्यमिक विद्यालयको खेलमैदानमा सुरु हुने प्रतियोगिताले स्थानीय क्रिकेटको विकाससँगै नयाँ प्रतिभा उत्पादन, खेलकुद पर्यटन र स्थानीय आर्थिक गतिविधिलाई समेत टेवा पुर्‍याउने अपेक्षा समेत गरिएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।