मंगलबार · २७ असोज २०८३ काठमाडौं२१°C
KHABARTHALI NEWSROOM मंगलबार २७ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीमा जिल्लास्तरीय खुला वक्तृत्वकला प्रतियोगिता हुँदै, स्थानीय तहलाई सहभागी पठाउन आग्रह

Manmohan singh Bist
संवाददाता ४९ समाचार · सक्रिय लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी — बैतडी जेन्जी युवा समूहको आयोजनामा बैतडीमा जिल्लास्तरीय खुला वक्तृत्वकला प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ।जिल्लाका युवाहरूको प्रतिभा उजागर गर्ने, नेतृत्व क्षमता अभिवृद्धि गर्ने तथा विचार अभिव्यक्तिको अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको समूहले जनाएको छ।
  • समूहले जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गर्दै प्रतियोगितामा सहभागी पठाइदिन आग्रह गरेको छ।
  • पत्रअनुसार नगरपालिकाबाट महिला तथा पुरुषको समावेशी सहभागिता सुनिश्चित हुने गरी तीन जना र गाउँपालिकाबाट दुई जना प्रतिभाशाली तथा इच्छुक युवालाई छनोट गरी पठाउन अनुरोध गरिएको छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी — बैतडी जेन्जी युवा समूहको आयोजनामा बैतडीमा जिल्लास्तरीय खुला वक्तृत्वकला प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ।
जिल्लाका युवाहरूको प्रतिभा उजागर गर्ने, नेतृत्व क्षमता अभिवृद्धि गर्ने तथा विचार अभिव्यक्तिको अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको समूहले जनाएको छ।

समूहले जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गर्दै प्रतियोगितामा सहभागी पठाइदिन आग्रह गरेको छ। पत्रअनुसार नगरपालिकाबाट महिला तथा पुरुषको समावेशी सहभागिता सुनिश्चित हुने गरी तीन जना र गाउँपालिकाबाट दुई जना प्रतिभाशाली तथा इच्छुक युवालाई छनोट गरी पठाउन अनुरोध गरिएको छ।

प्रतियोगिता आगामी २०८३ कात्तिक ८ गते बिहान ८ बजे बैतडीको पाटन खुला मञ्चमा सञ्चालन हुने जनाइएको छ।प्रतियोगितामा प्रथम हुनेले १५ हजार ५५५ रुपैयाँसहित प्रमाणपत्र, द्वितीय हुनेले ११ हजार १११ रुपैयाँसहित प्रमाणपत्र र तृतीय हुनेले ५ हजार ५५५ रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन्।

छनोट भएका सहभागीहरूको नाम, ठेगाना र सम्पर्क नम्बरसहितको विवरण कात्तिक ६ गते दिउँसो १२ बजेसम्म आयोजकलाई पठाउनुपर्नेछ। प्रतियोगिताको वक्तृत्वकला शीर्षक भने सोही दिन साँझ ५ बजे उपलब्ध गराइने आयोजकले जनाएको छ।
बैतडीका युवाहरूमा रहेको प्रतिभा प्रस्फुटन गराउँदै उनीहरूको नेतृत्व र वक्तृत्वकला क्षमता विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।