बैतडी — बैतडीको सुर्नया गाउँपालिका–३ डुङरी घर भएका युवा गायक रेशम धामीले लामो समयको अन्तरालपछि नयाँ सांगीतिक सिर्जना सार्वजनिक गरेका छन्। आमाको सम्झनामा समर्पित उक्त गीत एआर म्युजिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गायन, संगीत तथा शब्द स्वयं रेशम धामीकै रहेको गीतको एरेन्जर सन्तोष सुनाम रहेका छन् भने माया राउतलाई विशेष धन्यवाद व्यक्त गरिएको छ।
आमाप्रतिको माया, सम्झना र भावनालाई समेटेर तयार पारिएको उक्त गीतले दर्शक तथा श्रोताको मन छुने अपेक्षा गरिएको छ। लामो समयपछि आफ्नो सांगीतिक कोसेली लिएर आएका धामीले गीत हेरेर तथा सुनेर अमूल्य प्रतिक्रिया दिन सबैमा आग्रह गरेका छन्।
गीत मन परेमा लाइक, कमेन्ट र सेयर गरिदिन अनुरोध गर्दै उनले दर्शक तथा श्रोताको साथ र मायाले आफ्नो सांगीतिक यात्रालाई थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरेका छन्।
स्थानीय क्षेत्रका युवा प्रतिभाका रूपमा रहेका धामीको नयाँ सांगीतिक प्रस्तुतिले उनलाई चिन्ने तथा नेपाली गीतसंगीतप्रेमी श्रोतामाझ चर्चा पाउने अपेक्षा गरिएको छ।














