बैतडीको पाटनमा यस वर्षको लागि छैटौं सस्करणको उदयदेव पाटन प्रिमियर लिग (UPPL) सिजन–६को तयारी सुरु भएको छ ।
पाटन एकता समाजले यस वर्षको प्रतियोगितालाई थप परिस्कृत गर्दै आयोजना गर्न लागेको आयोजक एकता समाजका सचिव हरिश केसीले जानकारी दिए ।
यस वर्षको प्रतियोगितालाई अझ व्यवस्थित, भव्य र उत्कृष्ट बनाउने उद्देश्यका साथ आवश्यक तयारीहरू अगाडि बढिरहेका आयोजकले जनाएको छ ।
एउटा क्रिकेट प्रतियोगिता मात्रै नभइ पाटन लगायत बैतडी जिल्लाको क्रिकेट विकास, युवाको प्रतिभा पहिचान र खेल संस्कृतिको निर्माण गर्ने हाम्रो निरन्तर अभियान रहेको पाटन एकता समाजका अध्यक्ष किरन चन्दले बताए ।
प्रतियोगिताको मिति र पुरस्कार घोषणा आगामी बैठकबाट तय गरिने एकता समाजले बताएको छ। संभवत: असोज पहिलो सातादेखि गर्ने क्लबको प्रस्ताव छ ।
यस वर्षको पुरस्कारमा पनि यस अघि काट्दै आएको आकस्मिक लाभ कर काटिने छैन । यसअघिका वर्षहरूमा आकस्मिक लाभकर वाफत २५% काटिदै आएको थियो ।
उदयदेव पाटन प्रिमियर लिग सिजन–६ को तयारी सुरु
