डडेल्धुरा। नेपाली खेलकुदको विकास, खेलाडीको सम्मान तथा प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यसहित बिजुली बजारमा रहेको आमा एजुकेशन कन्सल्टेन्सीले उत्कृष्ट खेलाडी बिजया चटौत (बिमला) लाई नगद पुरस्कार प्रदान गरेको छ। सुदूरपश्चिम प्रदेश छनोट प्रतियोगिताअन्तर्गत एथलेटिक्स विधाको लङजम्प, १०० मिटर र २०० मिटर दौडमा उत्कृष्ट प्रदर्शन गर्दै तीनवटै विधामा स्वर्ण पदक जित्न सफल भागेश्वर गाउँपालिका, डडेल्धुराकी प्रतिभाशाली खेलाडी चटौतलाई कन्सल्टेन्सीले १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको हो।
डडेलधुरामा आयोजीत उक्त पुरस्कार वितरण कार्यक्रममा सुदुरपस्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट ,बरिस्ठ समाजसेवी मनोरथ भट्ट लगायतको उपस्तिथि रहेको थियो ।
खेलाडीको मेहनत, लगनशीलता र उपलब्धिको सम्मान गर्दै प्रोत्साहनस्वरूप उक्त पुरस्कार प्रदान गरिएको कन्सल्टेन्सीका प्रमुख धिरज भट्टले जानकारी दिएका छन्।
बिजुली बजारमा अवस्थित आमा एजुकेशन कन्सल्टेन्सीले विशेषगरी वैदेशिक अध्ययनका लागि इच्छुक विद्यार्थीलाई शैक्षिक परामर्श तथा विदेशका विभिन्न शैक्षिक संस्थामा अध्ययनका लागि सहजीकरण गर्दै शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आएको छ।
शिक्षा क्षेत्रमा आफ्नो सेवा विस्तार गर्दै आएको कन्सल्टेन्सीले खेलकुद, युवा प्रतिभा र सामाजिक क्षेत्रमा समेत योगदान गर्ने उद्देश्य राखेको प्रमुख भट्टले बताएका छन्।
तीन विधामा स्वर्ण जित्ने बिजया चटौतलाई आमा एजुकेशन कन्सल्टेन्सीद्वारा १५ हजार रुपैयाँ पुरस्कार
जनमत
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?
कुल १ प्रतिक्रिया
एउटा प्रतिक्रिया छान्नुहोस् · चाहेमा पछि बदल्न सक्नुहुन्छ

















