शनिबार · ३१ असोज २०८३ काठमाडौं१३°C
KHABARTHALI NEWSROOM शनिबार ३१ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडी सहित सुदुरपश्चिममा गौराको रौनक,पहिलो दिन आज बिरुडा भिजाइँदै

हरिशचन्द्र भाट
समाचार प्रमुख २५२ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी — सुदूरपश्चिमको मौलिक पहिचानसँग जोडिएको महान् सांस्कृतिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ।
  • भाद्र शुक्ल पक्षको पञ्चमीका दिनदेखि सुरु हुने गौरा पर्वको पहिलो दिन आज व्रतालु महिलाहरूले घर–घरमा बिरुडा भिजाएर पर्वको सुरुवात गर्ने गरेका छन्।
  • गौरा पर्वको पहिलो दिनलाई बिरुडा पञ्चमी भनिन्छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी — सुदूरपश्चिमको मौलिक पहिचानसँग जोडिएको महान् सांस्कृतिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ। भाद्र शुक्ल पक्षको पञ्चमीका दिनदेखि सुरु हुने गौरा पर्वको पहिलो दिन आज व्रतालु महिलाहरूले घर–घरमा बिरुडा भिजाएर पर्वको सुरुवात गर्ने गरेका छन्।

गौरा पर्वको पहिलो दिनलाई बिरुडा पञ्चमी भनिन्छ। आज महिलाहरूले पाँच प्रकारका अन्न तथा गेडागुडी मिसाएर तयार पारिएको बिरुडा भिजाउने धार्मिक परम्परा रहेको छ। बिरुडालाई गौरा पर्वमा विशेष महत्वका साथ प्रयोग गरिन्छ।

बैतडी, डडेल्धुरा, दार्चुला, डोटी, अछाम, बाजुरा, बझाङलगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा आजदेखि गौरा पर्वको चहलपहल सुरु भएको छ। गाउँ–बस्तीमा धार्मिक आस्था र परम्परासँगै पर्वको रौनक बढ्दै गएको देखिन्छ।

आगामी दिनहरूमा महिलाहरूले गौरा देवीको पूजा–आराधना गर्ने, देउडा खेल्ने तथा ढोल, दमाहा र विभिन्न परम्परागत बाजागाजासहित सांस्कृतिक कार्यक्रम आयोजना गर्ने चलन रहेको छ। गौरा पर्वले सुदूरपश्चिमेली कला, संस्कृति, परम्परा र सामाजिक एकतालाई जीवन्त राख्दै आएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।