बिहीबार · २९ असोज २०८३ काठमाडौं१९°C
KHABARTHALI NEWSROOM बिहीबार २९ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

दिया एजुकेशनद्वारा बासुलिङ धार्मिक सेवा समितिलाई सामग्री सहयोग

हरिशचन्द्र भाट
समाचार प्रमुख २५१ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी ।
  • काठमाडौंको कीर्तिपुरमा सञ्चालित दिया एजुकेशनले बैतडीस्थित बासुलिङ धार्मिक सेवा समितिलाई कार्यालय सञ्चालन तथा सामाजिक गतिविधिका लागि आवश्यक विभिन्न सामग्री सहयोग गरेको छ।
  • दिया एजुकेशनका सञ्चालक तथा कोरियन भाषा प्रशिक्षक विवेक भट्ट र भास्कर भट्टले समितिका पदाधिकारीका लागि ब्याग, टी–सर्ट, आईकार्ड तथा कार्यालय सञ्चालनका लागि आवश्यक रजिस्टर, कलम, लेजरलगायतका सामग्री उपलब्ध गराएका हुन्।उक्त सहयोगले समितिको कार्यालय व्यवस्थापन तथा धार्मिक र सामाजिक गतिविधि सञ्चालनमा सहजता थप्ने अपेक्षा गरिएको छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।


बैतडी । काठमाडौंको कीर्तिपुरमा सञ्चालित दिया एजुकेशनले बैतडीस्थित बासुलिङ धार्मिक सेवा समितिलाई कार्यालय सञ्चालन तथा सामाजिक गतिविधिका लागि आवश्यक विभिन्न सामग्री सहयोग गरेको छ।

दिया एजुकेशनका सञ्चालक तथा कोरियन भाषा प्रशिक्षक विवेक भट्ट र भास्कर भट्टले समितिका पदाधिकारीका लागि ब्याग, टी–सर्ट, आईकार्ड तथा कार्यालय सञ्चालनका लागि आवश्यक रजिस्टर, कलम, लेजरलगायतका सामग्री उपलब्ध गराएका हुन्।
उक्त सहयोगले समितिको कार्यालय व्यवस्थापन तथा धार्मिक र सामाजिक गतिविधि सञ्चालनमा सहजता थप्ने अपेक्षा गरिएको छ।

समितिका अध्यक्ष गणेशदत्त भट्टले दिया एजुकेशनबाट प्राप्त सहयोगले कार्यालय सञ्चालन तथा संस्थागत गतिविधिलाई व्यवस्थित बनाउन महत्त्वपूर्ण योगदान पुग्ने बताए।

त्यस्तै, समितिका उपाध्यक्ष विनोदप्रसाद भट्टले धार्मिक तथा सामाजिक गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउन सहयोग महत्त्वपूर्ण हुने उल्लेख गर्दै दिया एजुकेशनको सहयोगी भावना र सामाजिक सेवाप्रतिको प्रतिबद्धताको प्रशंसा गरे। उनले यस्ता कार्यले समाजमा सहकार्य, सद्भाव र सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।

बैतडीको सुर्नया गाउँपालिका–३, तडीगाउँमा जन्मिएका विवेक भट्ट र भास्कर भट्टले काठमाडौंमा दिया एजुकेशन सेन्टर स्थापना गरी विद्यार्थीलाई भाषा प्रशिक्षण प्रदान गर्दै आएका छन्। उनीहरूले भाषा शिक्षामार्फत दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्‍याउनुका साथै शिक्षा, सामाजिक सेवा र मानवीय सहयोगका क्षेत्रमा समेत सक्रियता देखाउँदै आएका छन्।

विशेषगरी कोरियन भाषा प्रशिक्षक तथा समाजसेवीका रूपमा परिचित विवेक भट्ट र उनका भाइ भास्कर भट्टले आफ्नो व्यावसायिक गतिविधिसँगै जन्मभूमि र समाजप्रतिको दायित्वलाई समेत प्राथमिकता दिँदै आएका छन्।

शिक्षा, सामाजिक सेवा र धार्मिक क्षेत्रलाई जोड्दै अघि बढेका भट्ट दाजुभाइको यस पहलको स्थानीयस्तरमा प्रशंसा भइरहेको छ। यस्ता सहयोगी कार्यले धार्मिक संस्थाको व्यवस्थापन सुदृढ बनाउनुका साथै सामाजिक उत्तरदायित्व, आपसी सहकार्य र मानवीय सेवाको भावनालाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
खबरथली डटकम | बैतडी

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।