9:29 PM NPT
ब्रेकिङ
उदयदेव पाटन प्रिमियर लिग सिजन-६ कात्तिक ८ देखि हुनेसुर्नया–४ को तीज विशेष देउडा प्रतियोगितामा अम्बादत्त जोशी र टिका साउद आउँदैजामिया सिराजुल उलूम अलसल्फियह झण्डानगर र मुस्लिम समुदायको बाढीपीडितका लागि २ लाख ७४ हजार सहयोगरामेछापमा पढाउँदै, सुदूरपश्चिमको पहिचान जोगाउँदै २४ वर्षीया विज्ञान शिक्षिका चन्द्रिका जोशीअविरल वर्षाले सुर्नया–४ मा दुईतले घर पूर्ण रूपमा क्षतिग्रस्त
बैतडी --°C
|
काठमाडौं --°C
|
धनगढी --°C

उदयदेव पाटन प्रिमियर लिग सिजन-६ कात्तिक ८ देखि हुने

अपडेट:
उदयदेव पाटन प्रिमियर लिग सिजन-६ कात्तिक ८ देखि हुने
पोस्ट गरिएको — २७ भदौ २०८३ · ९:०६ PM
Manmohan singh Bist
लेखकसक्रिय लेखक४७ प्रकाशित समाचार
यो समाचार शेयर गर्नुहोस्

पाटन : बैतडीको उदयदेव पाटनमा पाटन प्रिमियर लिग (यूपीएल)-६ आयोजना हुने भएको छ। खुला पुरुष टी–२० क्रिकेट प्रतियोगिता पाटन नगरपालिका–६ स्थित कृष्ण माध्यमिक विद्यालयको खेलमैदानमा कार्तिक ७ गतेदेखि सुरु हुने आयोजक पाटन एकता समाजका अध्यक्ष किरण चन्दले जानकारी दिए।
प्रतियोगितामा सहभागी प्रत्येक टोलीले बैतडी जिल्लाबाहिरका बढीमा तीन जना खेलाडी समावेश गर्न पाउनेछन्। टिम दर्ताको समय असोज २७ गते राति १२ बजेसम्म तोकिएको छ।
प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ६ सय ६६ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ६ सय ६६ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
त्यस्तै, म्यान अफ द सिरिजलाई ट्रफीसहित १३ हजार ६ सय ६६ रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई समान ५ हजार ६ सय ६६ रुपैयाँ तथा उदयमान खेलाडीलाई ३ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। म्यान अफ द म्याचलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ।
पाटन एकता समाजले यसअघि प्रतियोगिताका पाँच संस्करण भव्य रूपमा सम्पन्न गरिसकेको छ। यस वर्ष प्रतियोगितालाई थप उत्साहजनक र व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी गरिएको आयोजक एकता समाजका सचिव हरिश केसीले जानकारी दिए।
यस वर्षको प्रतियोगिताको विजेता टोलीले यसअघि जस्तै आकर्षक लाभकर नकाटिकिने घोषणा गरिएको पूर्ण रकम पाउने क्लबका कोषाध्यक्ष बिरेन्द्र भण्डारीले जानकारी दिए।

तपाईंको प्रतिक्रिया

यो समाचारबारे तपाईंलाई कस्तो लाग्यो?

ट्यागहरू:

यस लेखकका थप समाचार

सबै हेर्नुहोस्
पाठक संवाद

प्रतिक्रिया

सभ्य, विषयसँग सम्बन्धित र जिम्मेवार प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *

समाचार खोज्नुहोस्

खबरथली