आइतबार · २५ असोज २०८३ काठमाडौं१५°C
KHABARTHALI NEWSROOM आइतबार २५ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

जेनजी आन्दोलनकारीलाई कुलमान घिसिङको अपील

हरिशचन्द्र भाट
समाचार प्रमुख २४७ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • काठमाण्डौ : नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले संयमित हुन जेनजीलाई आग्रह गरेका छन् ।
  • उनले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको अवस्थालाई मध्यनजर गर्दै अब संयमित भएर अघि बढ्न आन्दोलनरत पक्षलाई आग्रह गरे ।
  • घिसिङले भनेका छन्, ‘सार्वजनिक सम्पत्ति तपाईं हाम्रै करबाट बनेको हो, त्यसको तोडफोड नगरी संयम अपनाउनु जरुरी छ ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

काठमाण्डौ : नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले संयमित हुन जेनजीलाई आग्रह गरेका छन् । उनले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको अवस्थालाई मध्यनजर गर्दै अब संयमित भएर अघि बढ्न आन्दोलनरत पक्षलाई आग्रह गरे ।

घिसिङले भनेका छन्, ‘सार्वजनिक सम्पत्ति तपाईं हाम्रै करबाट बनेको हो, त्यसको तोडफोड नगरी संयम अपनाउनु जरुरी छ । अबको मार्गदर्शन भनेकै संयमता, परिपक्वता र दीर्घकालीन सुधारको दिशामा उन्मुख हुनु हो ।’

युवापुस्ता र आन्दोलनमा संलग्न संस्थाहरूलाई धैर्य, आत्ममूल्यांकन र सहकार्यको भावनाबाट अघि बढ्नसमेत घिसिङले आग्रह गरेका छन् । उनले जेनजीसहित अन्तरिम चुनावी सरकार गठन गरी मध्यावधि निर्वाचन घोषणा गर्दै राष्ट्रलाई विद्यमान संकटबाट निकास दिन आवश्यक रहेको बताएका छन् ।

देश परिवर्तनको संवेदनशील मोडमा उभिएको अवस्थामा विधिसम्मत, विवेकसम्मत र समन्वयात्मक बाटो नै प्राथमिकता हुनुपर्ने र यसैबाट ऊज्यालो नेपाल सम्भव हुने विश्वास घिसिङको छ ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।