शनिबार · २४ असोज २०८३ काठमाडौं१५°C
KHABARTHALI NEWSROOM शनिबार २४ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडी सहित सुदुरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक सुरु

हरिशचन्द्र भाट
समाचार प्रमुख २४७ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • हरिशचन्द्र भाट बैतडी✍️ बैतडी जिल्ला सहित सुदूरपश्मि प्रदेशको प्रमुख सांस्कृतिक पर्व गौरा यस वर्ष भदौ १२ गतेदेखि सुरु हुने भएको छ ।
  • भदौ १२ गते बिरुडा पञ्चमीका दिन पाँच प्रकारका अन्न भिजाएर पर्वको औपचारिक सुरुवात गरिने स्थानीय संस्कृतिविद् आचार्य घनश्याम लेखकले जानकारी दिनुभयो ।
  • पञ्चमीमा गहुँ, गहत, मास, गुरौँस र केराउ मिसाएर बिरुडा बनाउने परम्परा छ ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

हरिशचन्द्र भाट बैतडी✍️

बैतडी जिल्ला सहित सुदूरपश्मि प्रदेशको प्रमुख सांस्कृतिक पर्व गौरा यस वर्ष भदौ १२ गतेदेखि सुरु हुने भएको छ । भदौ १२ गते बिरुडा पञ्चमीका दिन पाँच प्रकारका अन्न भिजाएर पर्वको औपचारिक सुरुवात गरिने स्थानीय संस्कृतिविद् आचार्य घनश्याम लेखकले जानकारी दिनुभयो ।

पञ्चमीमा गहुँ, गहत, मास, गुरौँस र केराउ मिसाएर बिरुडा बनाउने परम्परा छ । यसलाई तामाको भाँडामा भिजाएर गौरादेवी र महेश्वरको पूजाआजा गरिने उहाँले बताउनुभयो।

ज्योतिष पण्डित लवदेव भट्टका अनुसार यस वर्षको गौरा भाद्र शुक्ल पक्षमा परेको छ । शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा भन्ने चलन छ । कृष्ण पक्षमा परेको भने अँधेरी गौरा भनिन्छ, उहाँले बताउनुभयो । गौरामा विवाहित महिलाहरु विशेष गरी दुबधागो (गौराधागो) धारण गर्ने परम्परा छ । यो धागोलाई दीर्घायुष्य र पारिवारिक समृद्धिको प्रतीक मानिन्छ, भट्टले बताउनुभयो ।

गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्यावाली भदौ १५ गते पर्छ । यस दिन व्रतालु महिलाहरु गाउँको गौरा खलामा गौरादेवीको पूजा गर्दै फाग र सगुन गीत गाउने परम्परा रहिआएको छ । गौरामा गाइने फागले गाउँघर रमाइलो र उल्लासपूर्ण बन्छ । 

बिरुडा चढाएर देवीको पूजा गर्छौं । गाउँका सबैसँगै मिलेर खेल खेल्ने परम्परा कायमै  रहेको सुर्नया गाउँपालिका–६ की हरिनाथ अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, (गौरा पर्वको क्रममा ब्रतालु महिलाहरुले धानखेतबाट ल्याइने साँवा, अपामार्ग जस्ता वनस्पति प्रयोग गरी देवीको प्रतिमूर्ति बनाउँछन् । बिरुडा पञ्चमीमा भिजाइएको अन्न षष्ठीका दिन धारा वा कुवामा लगेर धुने चलन छ । अमुक्ताभरण सप्तमीका दिन गौरालाई घरमा भित्र्याइन्छ ।

अठ्यावालीका दिन गौरादेवीलाई पूजा गरी प्रसादस्वरूपको बिरुडाले श्रीमान, छोराछोरी तथा आफन्तजनको टाउको पुज्ने परम्परा रहिआएको छ । यसलाई लामो आयु, आरोग्य र धनधान्य प्राप्तिको कामनासँग जोडिएको मानिन्छ ।

गौरापछि देवीदेवताको गाथामा आधारित ठाडो खेल, ढुस्को, धमारीजस्ता खेल खेल्ने परम्परा अझै गाउँघरमा जीवित छ । हाल गाउँबस्तीमा गौराको रौनक सुरु भइसकेको छ । घर बाहिर रहेकाहरु बिदा मिलाएर गाउँ फर्किंदैछन् । 

परदेशी युवाहरु पनि घरतिर फर्कन थालेकाले गाउँमा चहलपहल बढेको छ चाड पर्वमा मात्रै गुन्जायमान बन्ने गाउँहरु अरुबेला रित्ता र उराठ लाग्दा देखिन्छने  गरेका दशरथचन्द नगरपालिका ०४ की स्थानीय बृद्धा रुख्वीणि भट्टले दुखेसो गर्नुभयो ।

बैतडीमा पञ्चमीका दिन गहुँ, गहत, मास, गुरौँस र केराउ मिसाएर बिरुडा बनाउने र तामा वा पित्तलको भाँडोमा भिजाउने परम्परा छ ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।