Popular Posts

बैतडीको सिगास ०६ स्थायी घर भएका बालक कैलालीको लालपुर बाट ब्यपत्ता

बैतडी : बैतडी जिल्ला सिगास गा पा ०६ लेकम भदौरे स्थायी घर भएका १६ बर्षिया एक बालक महिनौ देखि ब्यबत्ता भएका छन।

पढाईको लागि कैलाली जिल्ला गोदाबरी नगरपालिका ०७ लालपुर बिगत ३ बर्षदेखी मामा घरमा बस्दै आएका दुर्गाभवानी मा बि कक्षा १० मा अध्यनरत बालकृष्ण साउद ब्यबत्ता भएका प्रहरि सहायक हबल्दार बशन्त साउदले जानकारी दिनुभयो।

गत फागुन २७ गते बाट साइकल र पिठ्युँमा झोला सहित घरबाट निस्केका उनी हाल सम्म पनि सम्पर्क बिहिन भएको हुदा खोजी कार्यको लागि नेपाल प्रहरी लाई समेत सुचना गरिएको छ। भने अहिले सम्म कतै पनि सम्पर्कमा नभएकोले कहि कतै जो कोहिले पनि देख्नु भेट्टाउनू भएमा तलको नम्बरमा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि सहयोग गरिदिनु हुन अनुरोध समेत गरेका छन ।

९८६०३४१९५७ जितेन्द्र साउद
९८६८५५५३५६ बसन्त साउद

Leave a Reply

Your email address will not be published. Required fields are marked *