सोमबार · २६ असोज २०८३ काठमाडौं२२°C
KHABARTHALI NEWSROOM सोमबार २६ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम एनपिएलको फाइनलमा

Manmohan singh Bist
संवाददाता ४८ समाचार · सक्रिय लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल प्रवेश गरेको छ ।
  • पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम एनपिएलमा लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको हो ।
  • सुरुमा ब्याटिङ १५६ रनको चुनौती पछ्याएको विराटनगर १४ ओभर १ बलमा सबै विकेट गुमाएर ७८ रनमा समेटिएको हो ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम एनपिएलमा लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको हो ।

सुरुमा ब्याटिङ १५६ रनको चुनौती पछ्याएको विराटनगर १४ ओभर १ बलमा सबै विकेट गुमाएर ७८ रनमा समेटिएको हो ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले अर्धशतकको योगदान दिए । उनले ५२ बलको सामना गर्दा तीन चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ६३ रन बनाए ।

पूरै २० ओभर खेल्दा सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५५ रन बनाएको थियो । उसका लागि भण्डारीको अर्धशतकसँगै शेल्डन ज्याक्सन, आरिफ शेखले समान २०–२० रन जोड्दा हरमित सिंहले १४ रन थपे । डा‍‍. इशान पाण्डेले १३ रन बनाउँदा मुख्तार अहमदले १० रन जोडे ।

विराटनगरका लागि प्रतिश जिसी र मर्चेन्ट डि लेङ्गाले दुई/दुई विकेट लिँदा सूर्य तामाङ र साम हिजलेटले एकएक विकेट हात पारे । सुदूरपश्चिमविरुद्ध सन्दीप लामिछाने भने विकेट बिहीन बने ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएका थिए ।

विराटनगरका लागि फाफ डु प्लेसिसले सर्वाधिक ३६ रन बनाए । उसका लागि मर्चेन्ट डे लाङ्गेले १५ रन बनाउँदा बसिर अहमदले १२ रन थपे ।

विराटनगरलाई सस्तैमा समेट्न सुदूरपश्चिमका लागि स्कट कुगलेइजन, हरमित सिंह र अविनास बोहराले दुई/दुई विकेट हात पार्दा दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले एक/एक विकेट हात पारे ।

पहिलो क्वालिफायरमा पराजित विराटनगरले एलिमिनेटरको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने छ । बुधबार एलिमिनेटरमा काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबिच भिड्ने छन् ।

पहिलो संस्करणको उपविजेता सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनल पुगेको हो ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।