बिहीबार · २२ असोज २०८३ काठमाडौं२२°C
KHABARTHALI NEWSROOM बिहीबार २२ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने कारागार चलान

हरिशचन्द्र भाट
समाचार प्रमुख २४५ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कारागार चलान भएका छन् ।
  • रूपन्देही जिल्ला अदालतले उनलाई सोमबार भैरहवा कारागार चलान गरेको हो ।
  • अदालतका सूचना अधिकारी पदम अर्यालले लामिछानेलाई कारागार चलान गरिएको जानकारी दिए ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कारागार चलान भएका छन् । रूपन्देही जिल्ला अदालतले उनलाई सोमबार भैरहवा कारागार चलान गरेको हो ।

अदालतका सूचना अधिकारी पदम अर्यालले लामिछानेलाई कारागार चलान गरिएको जानकारी दिए । ‘जिल्ला प्रहरी कार्यालयले अदालतमा उपस्थिति गराएको थियो,’ उनले खबरथलीसँग भने, ‘हामीले प्रक्रिया पूरा गरेर कारागार पठाएका छौँ ।’

उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार सभापति लामिछानेलाई सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

उच्च अदालतको आदेश लगत्तै पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने काठमाडौंबाट पक्राउ परेका थिए । पक्राउ पछि एक रात काठमाडौं राखिएका लामिछानेलाई शनिबार रूपन्देही लगिएको थियो ।

शनिबार र आइतबार सार्वजनिक बिदा परेका कारण उनलाई सोमबार बिहान जिल्ला अदालतमा पेस गरिएको थियो ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।