सोमबार, ९ कार्तिक २०८३Monday, 26 October 2026
काठमाडौं --°
समाचारसँगै सत्यको खोजी। तथ्य · सन्तुलन · जिम्मेवारी
ब्रेकिङ

बैतडीमा देउवा समूहको जिल्ला सभापतिमा वीरबहादुर विष्ट चयन

Avatar photo
हरिशचन्द्र भाट
शेयर गर्नुहोस्:FacebookXViberTelegram
६८५ पटक
inbound6661096858822035642

बैतडी । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले बैतडीमा जिल्ला सभापतिमा वीरबहादुर विष्टलाई चयन गरेको छ। आइतबार सम्पन्न नेतृत्व चयन प्रक्रियाबाट विष्ट सभापतिमा चयन भएका हुन्।

सुर्नया गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका विष्ट लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन्। उनलाई कांग्रेस नेता गगन थापाका निकट नेताका रूपमा समेत चिनिन्छ। देउवा समूहको अधिवेशनबाट विष्ट जिल्ला सभापतिमा चयन हुनुलाई बैतडीको कांग्रेस राजनीतिमा चासोका साथ हेरिएको छ।
देउवा समूहले जिल्ला कार्यसमितिको उपसभापतिमा रमेशदत्त पाण्डेय र रमेशसिंह भण्डारीलाई चयन गरेको छ। यस्तै सचिवमा लालबहादुर चन्द र महेशदत्त भट्ट तथा सहसचिवमा वीरबहादुर गडाल र भानदेव भट्ट चयन भएका छन्।

नेपाली कांग्रेसभित्र संस्थापन पक्ष र देउवा समूहले छुट्टाछुट्टै महाधिवेशन प्रक्रिया अघि बढाइरहेका बेला बैतडीमा देउवा समूहको जिल्ला नेतृत्व चयन भएको हो।

विष्टको नेतृत्वमा पार्टी संगठन विस्तार, कार्यकर्ताबीच समन्वय र आगामी राजनीतिक गतिविधि कसरी अघि बढ्छन् भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

खबरथली डटकम

जनमत

NPL मा उच्चस्तरीय विदेशी खेलाडीहरूको सहभागिताले नेपाली क्रिकेटमा कस्तो प्रभाव पार्छ?

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

कुल ० प्रतिक्रिया

एउटा प्रतिक्रिया छान्नुहोस् · चाहेमा पछि बदल्न सक्नुहुन्छ

शेयर गर्नुहोस्:FacebookXViberTelegram

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका ठाउँ भर्नुहोस्।

कृपया सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। घृणा फैलाउने वा अपमानजनक प्रतिक्रिया हटाइनेछ।