आइतबार · १ कात्तिक २०८३ काठमाडौं१३°C
KHABARTHALI NEWSROOM आइतबार १ कात्तिक २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

सुर्नया दुई लिस्किटामा जिप दुर्घटना हुँदा ७ जना घाइते

हरिशचन्द्र भाट
समाचार प्रमुख २५२ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी सुर्नया - बैतडी जिल्लाको सुर्नया गाउँपालिका–२, लिस्किटामा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
  • सतबाँझबाट सुर्नया गाउँपालिकाको बरायलतर्फ जाँदै गरेको बा.प्र.०३१ च ९३६८ नम्बरको जिप बुधाबार साँझ साढे ५ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ ।
  • जिप अनियन्त्रित भइ सडकबाट १५ मिटर तल खस्दा जिपमा सवार ११ जनामध्ये सातजना घाइते भएको कार्यालयले जानकारी दिएको छ ।  दुर्घटनामा परी घाइते हुनेमा सुर्नया गाउँपालिका–६ रीगा बस्ने २० वर्षीया दिपा कुँवर, सुर्नया गाउँपालिका–२ की अन्दाजी ६५ वर्षीया हजारी बिष्ट, सोही ठाउँकी ३१ वर्षीया सुशीला भण्डारी, सोही ठाउँकी ७ वर्षीया दिप्ती बिष्ट,सुर्नया गाउँपालिका–५ स्वाली बस्ने ३० वर्षीय हरिश विक, सोही ठाउँका ४३ बर्षीय तिलक चन्द र सोही ठाउँका ३० वर्षीय दिपक चन्द रहेका प्रहरीले जनाएको छ ।  घाइतेको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल, बैतडी पठाएको र उहाँहरुको अवस्था  सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी सुर्नया – बैतडी जिल्लाको सुर्नया गाउँपालिका–२, लिस्किटामा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सतबाँझबाट सुर्नया गाउँपालिकाको बरायलतर्फ जाँदै गरेको बा.प्र.०३१ च ९३६८ नम्बरको जिप बुधाबार साँझ साढे ५ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ । 

जिप अनियन्त्रित भइ सडकबाट १५ मिटर तल खस्दा जिपमा सवार ११ जनामध्ये सातजना घाइते भएको कार्यालयले जानकारी दिएको छ । 

दुर्घटनामा परी घाइते हुनेमा सुर्नया गाउँपालिका–६ रीगा बस्ने २० वर्षीया दिपा कुँवर, सुर्नया गाउँपालिका–२ की अन्दाजी ६५ वर्षीया हजारी बिष्ट, सोही ठाउँकी ३१ वर्षीया सुशीला भण्डारी, सोही ठाउँकी ७ वर्षीया दिप्ती बिष्ट,सुर्नया गाउँपालिका–५ स्वाली बस्ने ३० वर्षीय हरिश विक, सोही ठाउँका ४३ बर्षीय तिलक चन्द र सोही ठाउँका ३० वर्षीय दिपक चन्द रहेका प्रहरीले जनाएको छ । 

घाइतेको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल, बैतडी पठाएको र उहाँहरुको अवस्था  सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।