शनिबार · १७ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM शनिबार १७ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीमा हिजो देखि भारी वर्षा हुँदै,जिल्ला प्रशासन कार्यालयको सतर्क रहन आग्रह..

Manmohan singh Bist
संवाददाता ४७ समाचार · सक्रिय लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा प्राधिकरणले सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना औँल्याएपछि बैतडीलाई पनि जोखिमपूर्ण जिल्लाका रूपमा राखिएको छ।
  • जिल्ला प्रशासन कार्यालय बैतडीले विपद्को जोखिमलाई मध्यनजर गर्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार भदौ १ गते आइतबारदेखि ३ गते बुधबारसम्म सुदूरपश्चिमका पहाडी भूभागमा भारी वर्षा हुने तथा मनसुनजन्य प्रकोपका कारण विपद्को जोखिम बढ्न सक्ने भएकाले भदौ २ गते बिहानदेखि भदौ ४ गते बिहीबार बिहान ६ बजेसम्म अत्यावश्यक कामबाहेक बाहिर यात्रा नगर्न अनुरोध गरिएको छ।वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भन्दै नदी–खोलानजिक नजानसमेत प्रशासनले आग्रह गरेको छ।त्यस्तै, भदौ २ गते बेलुका ७ बजेदेखि भदौ ४ गते बिहीबार बिहान ५ बजेसम्म रातिको समयमा ग्रामीण कच्ची सडकमा सवारी सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ।
  • पक्की सडकमा भने सावधानीपूर्वक सवारी सञ्चालन गर्न र चालकहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।प्रशासनले विपद्का बेला तत्काल उद्धार तथा सहयोगका लागि DEOC नं.
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा प्राधिकरणले सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना औँल्याएपछि बैतडीलाई पनि जोखिमपूर्ण जिल्लाका रूपमा राखिएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीले विपद्को जोखिमलाई मध्यनजर गर्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार भदौ १ गते आइतबारदेखि ३ गते बुधबारसम्म सुदूरपश्चिमका पहाडी भूभागमा भारी वर्षा हुने तथा मनसुनजन्य प्रकोपका कारण विपद्को जोखिम बढ्न सक्ने भएकाले भदौ २ गते बिहानदेखि भदौ ४ गते बिहीबार बिहान ६ बजेसम्म अत्यावश्यक कामबाहेक बाहिर यात्रा नगर्न अनुरोध गरिएको छ।
वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भन्दै नदी–खोलानजिक नजानसमेत प्रशासनले आग्रह गरेको छ।
त्यस्तै, भदौ २ गते बेलुका ७ बजेदेखि भदौ ४ गते बिहीबार बिहान ५ बजेसम्म रातिको समयमा ग्रामीण कच्ची सडकमा सवारी सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ। पक्की सडकमा भने सावधानीपूर्वक सवारी सञ्चालन गर्न र चालकहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रशासनले विपद्का बेला तत्काल उद्धार तथा सहयोगका लागि DEOC नं. १२३४, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल नेपाल १११४ मा सम्पर्क गर्न अनुरोध गरेको छ।
प्रमुख जिल्ला अधिकारी मीना अर्यालद्वारा जारी सूचनामा सम्भावित वर्षा, बाढी, पहिरो तथा अन्य मनसुनजन्य जोखिमबाट जोगिन सबै नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको हो। जिल्ला प्रशासन कार्यालय बैतडीले आफ्नो आधिकारिक वेबसाइटमा समेत विपद् तथा सडक सञ्चालनसम्बन्धी सूचनाहरू प्रकाशित गर्दै आएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।