आइतबार · १८ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM आइतबार १८ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

२०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट विधाको छनोट प्रतियोगिताका मे ३१ बाट शुरुहुने ,नेपाल ग्रुप’ए’ मा

हरिशचन्द्र भाट
समाचार प्रमुख २३५ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • काठमाण्डौ-२०औं एसियाली खेलकुद (Asiad) अन्तर्गत पुरुष क्रिकेट विधाको छनोट प्रतियोगिताका मे ३१ बाट शुरु हुने भएको छ।आगामी मे ३१ देखि जुन ९ (जेठ १७ देखि जेठ २६) सम्म सिंगापुरमा आयोजना हुने२०औं एसियाली खेलकुद (Asiad) अन्तर्गत पुरुष क्रिकेट विधाको छनोट प्रतियोगितामा नेपालसहित १३ टोलीले प्रतिस्पर्धा गर्दैछन्।
  • ​यो प्रतियोगिता ट्वेन्टी–२० अन्तर्राष्ट्रिय (T20I) संरचनामा खेलाइनेछ।
  • प्रतियोगिताको शीर्ष चार टोलीले मात्र जापानमा आयोजना हुने आगामी एसियाली खेलकुदका लागि आफ्नो स्थान सुरक्षित गर्नेछन्।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

काठमाण्डौ-२०औं एसियाली खेलकुद (Asiad) अन्तर्गत पुरुष क्रिकेट विधाको छनोट प्रतियोगिताका मे ३१ बाट शुरु हुने भएको छ।
आगामी मे ३१ देखि जुन ९ (जेठ १७ देखि जेठ २६) सम्म सिंगापुरमा आयोजना हुने२०औं एसियाली खेलकुद (Asiad) अन्तर्गत पुरुष क्रिकेट विधाको छनोट प्रतियोगितामा नेपालसहित १३ टोलीले प्रतिस्पर्धा गर्दैछन्।

​यो प्रतियोगिता ट्वेन्टी–२० अन्तर्राष्ट्रिय (T20I) संरचनामा खेलाइनेछ। प्रतियोगिताको शीर्ष चार टोलीले मात्र जापानमा आयोजना हुने आगामी एसियाली खेलकुदका लागि आफ्नो स्थान सुरक्षित गर्नेछन्।

नेपाललाई समूह ‘ए’ मा इन्डोनेसिया र थाइल्याण्डसँगै राखिएको छ। तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल जेठ १७ गते (३१ मे २०२६) इन्डोनेसियाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। त्यस्तै, समूह चरणको दोस्रो खेलमा नेपालले जेठ २१ गते (४ जुन) थाइल्याण्डको सामना गर्नेछ। समूहको शीर्ष स्थानमा रहने टोली सिधै क्वाटरफाइनलमा प्रवेश गर्नेछ।

नयाँ खेलाडीहरूको आगमन र पछिल्लो उत्कृष्ट लयका कारण नेपाली टोली यस पटक निकै बलियो देखिएको छ। कुल २३ खेल खेलिने यस प्रतियोगितामा बलियो प्रदर्शन गर्दै एसियाली खेलकुदको मुख्य मञ्चमा स्थान बनाउने नेपालको मुख्य लक्ष्य रहेको छ।

1779208061857

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।