शनिबार, १२ मंसिर २०८३Saturday, 28 November 2026
काठमाडौं १४°काठमाडौं --°
साइन इन

khabarthali

शनिबार, १२ मंसिर २०८३
बजार
USD १४८.४८EUR १६२.७०GBP १९४.८७INR १६०.००AUD ९९.०९JPY ९.३१CNY २२.३१SAR ३९.५८QAR ४०.७२AED ४०.४३छापावाल सुन २,४६,१००चाँदी ३,१९५
सेयर बजार

पाटनमा बजार अनुगमन : ४५ हजार बराबरको अखाद्य सामग्री नष्ट 

Manmohan singh Bist
शेयर गर्नुहोस्:फेसबुकएक्सभाइबरमेसेन्जरटेलिग्रामलिङ्क्डइनइमेल
पाटनमा बजार अनुगमन : ४५ हजार बराबरको अखाद्य सामग्री नष्ट 

बैतडी–बैतडीको पाटन नगरपालिका अन्तर्गत रहेको पाटन बजार क्षेत्रमा अनुगमन गरिएको छ । 

शनिबार अनुगमनका क्रममा बजार क्षेत्रबाट ४५ हजार ३० रुपैयाँ बराबरको अखाद्य सामग्री बरामद गरि नष्ट गरिएको छ । 

नगर उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक कमलसिंह बोहराको नेतृत्वमा रहेको अनुगमन समितिले विभिन्न पसलबाट अखाद्य सामग्री बरामद गरेको थियो । अनुगमनका क्रममा म्याद नाघेका अखाद्य सामग्री बरामद गरी नष्ट गरिएको उपप्रमुख बोहराले बताए ।

अनुगमनका क्रममा चाउचाउ,बिस्कुट, नमकीन, चिप्स, मसला, चिउरा लगायतका म्याद नाघेका सामग्री बरामद गरी नष्ट गरिएको बताइएको छ । बजार अनुगमन गर्दा व्यापारीहरुलाई उपभोग्य मिति हेरेरमात्रै खरीद विक्रि गर्न आग्रह गरिएको बजार अनुगमन समितिले जनाएको छ । 

यस्तै बजार अनुगमनका क्रममा सम्बन्धित निकायमा दर्ता तथा नवीकरण नभएका पसलहरुलाई दर्ता तथा नवीकरण गर्न आग्रह गरिएको छ । बजारबाट कुनै पनि सामग्री खरीद गर्दा उत्पादन मिति र उपभोग्य मिति हेरेर मात्रै खरीद गर्न उपभोक्ताहरुलाई पनि आग्रह गरिएको छ ।  

Something wrong with this story? Report it to the editors.

Log in to save this story to your account.

जनमतमतदान सकियो

NPL मा उच्चस्तरीय विदेशी खेलाडीहरूको सहभागिताले नेपाली क्रिकेटमा कस्तो प्रभाव पार्छ?

८ मत

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

कुल ० प्रतिक्रिया

एउटा प्रतिक्रिया छान्नुहोस् · चाहेमा पछि बदल्न सक्नुहुन्छ

लेखक

Manmohan singh Bist

मनमाेहन सिंह बिष्ट खबर थलीका सम्पादक हुनुहुन्छ। उहाँ समसामयिक घटना, स्थानीय समाचार र युवा सरोकारका विषयहरूमा केन्द्रित रहेर कलम चलाउनुहुन्छ। सत्य तथ्य र सन्तुलित समाचार सम्प्रेषणमा उहाँको विशेष रुचि र दख्खल रहेको छ।

सबै समाचार (५०)

तपाईंलाई यो पनि मन पर्न सक्छ

यो समाचारमा केही गलत छ?

सम्पादकलाई जानकारी दिनुहोस् — कारण छान्नुहोस् वा विवरण लेख्नुहोस्। तपाईंको विवरण गोप्य रहन्छ।

प्रतिक्रिया दिनुहोस्

कृपया सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। घृणा फैलाउने वा अपमानजनक प्रतिक्रिया हटाइनेछ।