धनगढी : सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ

शनिबार साविक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिमले पाँच खेलमा शत प्रतिशत जित दर्ता ग¥यो । यससँगै सुदूरपश्चिम लिग चरणका दुई खेल खेल्नुअघि नै प्लेअफ पुगेको हो ।

शनिबार कीर्तिपुरस्थित त्रिवि टीयू अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सम्पन्न खेलमा टस जितेर जनकपुरले पहिलो ब्याटिङ गरेको थियो । निर्धाररित २० ओभरमा आठ विकेट गुमाउँदै जनकपुरले १ सय ४५ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १४६ रनको लक्ष्य खेल सकिनु १४ बल अघि नै चार विकेटको क्षतिमा भेट्टायो ।

By हरिशचन्द्र भाट

हरिशचन्द्र भाट खबर थलीका सम्पादक हुनुहुन्छ। उहाँ समसामयिक घटना, स्थानीय समाचार र युवा सरोकारका विषयहरूमा केन्द्रित रहेर कलम चलाउनुहुन्छ। सत्य तथ्य र सन्तुलित समाचार सम्प्रेषणमा उहाँको विशेष रुचि र दख्खल रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *