देशभर अत्याधिक मात्रामा चिसो बढ्दै,,

बझाङ : देशभर चिसो बढ्दै गएको छ। आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियसमा झरेको छ मौसम पूर्वानुमान महाशाखाका अनुसार पौने ६बजे काठमाडौँ उपत्यकाक न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियम मापन गरिएको छ।

काठमाडौँमा आज न्यूनतम तापक्रम ९ देखि ११ डिग्री सेल्सियस अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियम रहने अनुमान छ। यस्तै बिहान जुम्लाको न्यूनतम तापक्रम माइनस २.९ डिग्री सेल्सि यस मापन भएको आज कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाइएको छ अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदली छ।

त्यस्तै कर्णालीको पनि उच्च क्षेत्रको आंशिक बदली छ।। तरका केही भूभागमा हुस्सु लागेको महाशाखा का मौसमविद बिनु महर्जनले बताउनुभयो। देशका अरु बाँकी भागमा मुख्यत सफा नै छ आज दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बदलिरही बाँकी भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *