सोमबार · २६ असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM सोमबार २६ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बझाङमा ग्यास आगजनीबाट बच्ने जनचेतनामूलक कार्यक्रम सम्पन्न

हरिशचन्द्र भाट
समाचार प्रमुख २४८ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • निर्मला रावल बझाङ, कार्तिक १४ –शहरदेखि गाउँसम्म अधिकांश घरधुरीमा ग्यासको प्रयोग बढ्दै गएपछि ग्यास आगजनीबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने उद्देश्यका साथ आज एक जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
  • जिल्लाको सदरमुकाम चैनपुर बजारको खुला मञ्चमा आयोजित उक्त कार्यक्रम जिल्ला प्रशासन कार्यालय बझाङको आयोजना र सुरक्षा निकायहरूको सहकार्यमा सम्पन्न भएको हो।
  • कार्यक्रममा सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख, प्रतिनिधि, व्यवसायी र स्थानीयहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।


निर्मला रावल बझाङ, कार्तिक १४ –
शहरदेखि गाउँसम्म अधिकांश घरधुरीमा ग्यासको प्रयोग बढ्दै गएपछि ग्यास आगजनीबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने उद्देश्यका साथ आज एक जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

जिल्लाको सदरमुकाम चैनपुर बजारको खुला मञ्चमा आयोजित उक्त कार्यक्रम जिल्ला प्रशासन कार्यालय बझाङको आयोजना र सुरक्षा निकायहरूको सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रममा सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख, प्रतिनिधि, व्यवसायी र स्थानीयहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा सशस्त्र प्रहरी बल बझाङका डिएसपी तथा अन्य सशस्त्र प्रहरी जवानहरूले अग्नि नियन्त्रण सम्बन्धी डेमो (प्रदर्शन) प्रस्तुत गरेका थिए। डेमोमार्फत आगलागी भएको अवस्थामा अपनाउनुपर्ने सावधानी र तत्काल नियन्त्रणका उपायहरू प्रदर्शन गरिएको थियो।

कार्यक्रमले ग्यास प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे जनचेतना फैलाउने काम गरेको सहभागीहरूले बताएका छन्।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।