आइतबार · २५ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM आइतबार २५ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका ३ जनाको उपचारमा आर्थिक समस्या,सहयोगका लागी अपिल

हरिशचन्द्र भाट
समाचार प्रमुख २४८ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : बैतडीको सुर्नया गाउँपालिका–५ हरिचन घर भई हाल कैलालीको गोदावरी नगरपालिका –३ मालाखेती चौकीडाँडा बस्दै आएका पार्वती महरा मडै र उनका दुई जना छोरा उमंग मडै र उत्सव मडै ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका छन् ।
  • गएको असोज २८ गते बेलुकी खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको घाइते पार्वतीका श्रीमान हरिसिंह मडैले बताए ।
  • आगलागीबाट घाइते भएका पार्वती र उत्सवको अहिले काठमाण्डौंस्थित किर्तीपुर बर्न अस्पतालमा आइसियुमा राखेर उपचार भइरहेको छ ।  सोही दिनको आगलागीमा घाइते भएका १० बर्षीय उमंग मडैको भने धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको र घाइते दुईजनाको बर्न अस्पताल काठमाण्डौ मा उपचार भइरहेको र आर्थिक अभाव रहेकाले सहयोगका लागि अपिल गरिएको छ ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : बैतडीको सुर्नया गाउँपालिका–५ हरिचन घर भई हाल कैलालीको गोदावरी नगरपालिका –३ मालाखेती चौकीडाँडा बस्दै आएका पार्वती महरा मडै र उनका दुई जना छोरा उमंग मडै र उत्सव मडै ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका छन् । 

गएको असोज २८ गते बेलुकी खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको घाइते पार्वतीका श्रीमान हरिसिंह मडैले बताए । आगलागीबाट घाइते भएका पार्वती र उत्सवको अहिले काठमाण्डौंस्थित किर्तीपुर बर्न अस्पतालमा आइसियुमा राखेर उपचार भइरहेको छ । 

सोही दिनको आगलागीमा घाइते भएका १० बर्षीय उमंग मडैको भने धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको र घाइते दुईजनाको बर्न अस्पताल काठमाण्डौ मा उपचार भइरहेको र आर्थिक अभाव रहेकाले सहयोगका लागि अपिल गरिएको छ । 

आगलागीबाट घाइते भएका पार्वतीका श्रीमान अहिले रोजगारीको सिलसिलामा दुबइमा रहेका छन् । आर्थिक अवस्था निकै कमजोर रहेकाले उपचारका लागि सहयोग गरिदिन मडैले सबैमा आग्रह समेत गरेका छन् । उनले भने, ‘मेरो घर परिवारका तीनै जना आगलागीबाट घाइते भएका छन् । मनकारी सबैलाई उपचारमा सहयोग गरिदिन अनुरोध गर्दछु ।’

रोजगारीको सिलसिलामा दुबइ रहेका उनले समस्या परेको बेला समेत घर आउन नपाएको बताएका छन् । यो समयमा गरेको सहयोग कहिले नभुल्ने बताउँदै उनले श्रीमती र छोरोको प्राण रक्षाका लागि सहयोग गरिदिन अनुरोध गरेका छन् । उनले भने, ‘म यहाँ पनि मजदुरी गर्ने मानिस हुँ । मेरो घरमा अकल्पनीय घटना भएको छ । मनकारी सबै व्यक्तिहरुलाई सहयोगका लागि अनुरोध गर्दछु ।’

पार्वती महरा मडै र उनका छोराहरुको उपचारका लागि अहिले सहयोग अभियान सञ्चालन भइरहेको छ । उक्त अभियानमा मनकारीहरुले सहयोग गरिरहेका र अरुलाई समेत सहयोगका लागि अपिल गरिएको अभियान्ता विशाल भट्टले बताए । सबैको स–सानो सहयोगले घाइते पार्वती र उनको छोराहरुको जीवन रक्षा हुने भएकाले सहयोगका लागि उनले सबैमा आग्रह गरेका छन् । 

सहयोग गर्ने महानुभावहरुले तलको खाता नम्बरमा रकम जमा गर्न सक्नेछन् 

Name: – Parwati Mahara

A/C Number :- 00300800448332000001

Bank name :-Mahalaxmi Bikash Bank

mahara-1-1761111602.jpg

Name :- Hari Singh Madai

A/C Number :-170229240100010

Bank Name: Prabhu Bank

hari-1-1761111623.jpg

भारतबाट सहयोग गर्न चाहने महानुभावहरुले निम्न खाताबाट सहयोग गर्न सक्नुहुनेछ । 

1761114338047

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।