बैतडी : सुर्नया गाउपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम प्रभावित भएको छ । स्थानीय युवाहरुले बिरोध जनाएपछि सार्वजनिक सुनुवाइ हुन नसकेको हो । युवाहरूले पालिकाको कार्यालयमा तालाबन्दी नै गरिदिएका छन् ।
यसअघि पटकपटक गाउपालिकालाई सुचना माग गर्दागर्दै उपलब्ध नगराएको भन्दै युवाहरुले बिरोध जनाएका हुन् ।
गत जेठमै पालिकामा भएगरेका गतिविधिका बारेमा सूचना माग गर्दागर्दै उपलब्ध नगराएको युवा भुवन चन्दले बताए ।
कार्यपालिकाका निर्णयहरु, जनप्रतिनिधिले प्रयोग गर्दै आएको सवारीसाधन खर्च, घरभाडा खर्च, वडामा भएका मसलन्द खर्चको नाममा भएको १३ लाखबढीको पूर्ण विवरण सार्वजनिक गर्नुपर्ने लगायतका माग अघि सारिएको उनले बताए ।
२०७४ सालदेखिका हरहिसाब अघि राख्न माग राखेको समेत युवा बिशाल भट्टले बताए । “हामिले पटकपटक सूचना माग गर्यौ, तर उपलब्ध गराएन, सुचना लुकाएर कार्यक्रम गर्न पाइदैन, हाम्रा माग सार्वजनिक गर, अनि कार्यक्रम अघि बढ्छ” भट्टले भने ।
सार्वजनिक सुनुवाइ कार्यक्रम नै बिथोलिएर स्थगित गरिएको छ।
गाउपालिका अध्यक्ष अमर बहादुर कुवरले पत्रकार सम्मेलन गर्न खोजेका थिए । उक्त सम्मेलनपनी बिथोलिएको छ ।
सुर्नयामा तालाबन्दी,सार्बजनिक सुनुवाई स्थगीत
अघिल्लो पटक यही समाचार पढ्दै हुनुहुन्थ्यो।
Quick read
समाचार संक्षेप
- बैतडी : सुर्नया गाउपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम प्रभावित भएको छ ।
- स्थानीय युवाहरुले बिरोध जनाएपछि सार्वजनिक सुनुवाइ हुन नसकेको हो ।
- युवाहरूले पालिकाको कार्यालयमा तालाबन्दी नै गरिदिएका छन् ।यसअघि पटकपटक गाउपालिकालाई सुचना माग गर्दागर्दै उपलब्ध नगराएको भन्दै युवाहरुले बिरोध जनाएका हुन् ।गत जेठमै पालिकामा भएगरेका गतिविधिका बारेमा सूचना माग गर्दागर्दै उपलब्ध नगराएको युवा भुवन चन्दले बताए ।कार्यपालिकाका निर्णयहरु, जनप्रतिनिधिले प्रयोग गर्दै आएको सवारीसाधन खर्च, घरभाडा खर्च, वडामा भएका मसलन्द खर्चको नाममा भएको १३ लाखबढीको पूर्ण विवरण सार्वजनिक गर्नुपर्ने लगायतका माग अघि सारिएको उनले बताए ।२०७४ सालदेखिका हरहिसाब अघि राख्न माग राखेको समेत युवा बिशाल भट्टले बताए ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।
Reader reaction







पाठक प्रतिक्रिया ०