आइतबार · २५ असोज २०८३ काठमाडौं१४°C
KHABARTHALI NEWSROOM आइतबार २५ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

गौरा पर्वको मुख्य दिन आज अठ्यावली,हर्षोल्लासका साथ मनाइँदै

हरिशचन्द्र भाट
समाचार प्रमुख २४७ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी: बैतडी सहित सुदूरपश्चिममा आज  गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ ।
  • गौरा पर्वको मुख्य दिन आज अठ्यावली अर्थात् अष्टमी हो ।
  • यस दिन गौराको पूजाआजा गरी मनाइन्छ ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी: बैतडी सहित सुदूरपश्चिममा आज  गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ । गौरा पर्वको मुख्य दिन आज अठ्यावली अर्थात् अष्टमी हो । यस दिन गौराको पूजाआजा गरी मनाइन्छ ।

भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीको महान् पर्व गौरापर्वको पहिलो दिन महिलाहरूले घरघरमा तामाको भाँडामा बिरूडा (५ प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रूपमा सुरुवात गर्दछन् ।

भदौ शुक्ल पञ्चमीका दिन महिलाहरूले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा विरूडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ ।

भदौ शुक्ल पञ्चमीका दिन बिरूडा भिजाउने चलन रही आएकाले सुदूरपश्चिममा यस पञ्चमीलाई बिरूडा पञ्चमीका नामले पनि चिन्ने गरिन्छ।

भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ । त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजाअर्चना गरी विवाहित महिलाहरूले दुवधागो (मन्त्रिएको एक किसिमको धागो) चढाउने चलन छ।

अठ्यावली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला (आँगन)मा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ । हिजो अमुक्ताभरण सप्तमीका दिन गौराघरमा भित्र्याइएको गौरालाई आज ब्रतालु महिलाहरूले गौराखला (आँगन) मा लगेर पूजा गर्ने चलन छ। आजको दिनमा लौकिक मान्यता अनुसार गौराकी सौताका रूपमा ‘सञ्ज्या’ लाई ल्याउने गरिन्छ।

‘दूर्बा’ अर्थात् दुबोको पूजा गरिने हुँदा दूर्बाष्टमी पनि भनिएको हो। अष्टमी र दुबो दुबै भगवतीका लागि प्रिय छन्। त्यसैले गौरापर्व मनाइने क्षेत्रमा आजको दिनको विशेष महत्व छ। यसका साथै तागाधारी पुरूषका लागि ऋषितर्पणी वा जनैपूर्णिमाको महत्व भए जस्तै तागाधारी नारी जातिका लागि आज विशेष महत्व छ।

पबित्र धागोबाट निर्माण गरिएको ’दुबोधागो’ लाई बिधिपूर्वक अभिमन्त्रित गरी तागाधारी नारीहरूले आजकै दिन धारण गर्दछन्। पुरानो मान्यता अनुसार दुबोधागो ग्रहण नगरिएका महिलाहरूले भात भान्सा गर्न र गौरा पुज्ने अधिकार पाउँदैनथे।

गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ।

देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका बारेमा तिखो व्यङ्ग्य गरी पनि गरिन्छ।

त्यस्तै देउडा गीतका माध्यमबाट सुख दुःख बाँड्नुका साथै सामाजिक सदभाव कायम पनि गरिन्छ। गौरा पर्व भदौ शुक्ल पञ्चमीका दिन आरम्भ हुने भएपनि गौरा विसर्जन भने आआफ्नै चलन अनुसार गर्ने गरिन्छ।

भदौ शुक्ल पञ्चमीका दिन गौरा पर्व आरम्भ हुने भए पनि गौरा विसर्जन भने हरेक ठाउँको आआफ्नै चलन अनुसार गर्ने गरिन्छ

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।