शुक्रबार, ११ मंसिर २०८३Friday, 27 November 2026
काठमाडौं २०°काठमाडौं --°
साइन इन

khabarthali

🔥 ट्रेन्डिङkhabarthalimanoj maharaNepalBenifitsElectionFeaturedInternationalPolitics
बजार
USD १४७.६२EUR १६१.९५GBP १९३.५२INR १६०.००AUD ९७.९०JPY ९.२७CNY २२.१६SAR ३९.३५QAR ४०.४९AED ४०.१९छापावाल सुन २,४६,१००चाँदी ३,१९५

बझाङबाट धनगढी जाँदै गरेकाे जिप बैतडीमा दुर्घटना,बझाङका ४ जना घाइते

हरिशचन्द्र भाट
शेयर गर्नुहोस्:फेसबुकएक्सभाइबरमेसेन्जरटेलिग्रामलिङ्क्डइनइमेल
२२२ पटक ० २ मिनेट पढाइ
बझाङबाट धनगढी जाँदै गरेकाे जिप बैतडीमा दुर्घटना,बझाङका ४ जना घाइते


बैतडी:बझाङबाट धनगढी जाँदै गरेकाे जिप बैतडीको पाटन नगरपालिका - ८ अनारखोलिमा दुर्घटनामा पर्दा चार जना घाइते भएका छन् । बझाङबाट धनगढी जाँदै गरेको से १ ज १००५ नम्बरको बेलोरो जीप बिहीबार अपराह्न करिब ४ बजे तिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घाइते हुनेमाहरुमा बझाङकाे दुर्गाथली गाउँपालिका - ६ का ३३ वर्षीय लोकेन्द्र महत १३ वर्षीय औजित महत ३० वर्षीय सरस्वती धामी र ४५ वर्षीय ओमजंग कडायत रहेका छन् । उनीहरूको उद्धार गरी अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलाराम पाण्डेले जानकारी दिए ।

प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य छ । दुर्घटनामा परेको जीप सडकबाट करिब ३० मिटर तल खसेको थियो । जीपमा चालकसहित पाँच जना सवार थिए । अनियन्त्रित भई जीप सडकबाट तल खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनापछि चालक रमेश जाग्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Something wrong with this story? Report it to the editors.

Log in to save this story to your account.

जनमतमतदान सकियो

NPL मा उच्चस्तरीय विदेशी खेलाडीहरूको सहभागिताले नेपाली क्रिकेटमा कस्तो प्रभाव पार्छ?

८ मत

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

कुल ० प्रतिक्रिया

एउटा प्रतिक्रिया छान्नुहोस् · चाहेमा पछि बदल्न सक्नुहुन्छ

लेखक

हरिशचन्द्र भाट

हरिशचन्द्र भाट खबर थलीका समाचार प्रमुख हुनुहुन्छ। उहाँ समसामयिक घटना, स्थानीय समाचार र युवा सरोकारका विषयहरूमा केन्द्रित रहेर कलम चलाउनुहुन्छ। सत्य तथ्य र सन्तुलित समाचार सम्प्रेषणमा उहाँको विशेष रुचि र दख्खल रहेको छ।

सबै समाचार (२६०)

तपाईंलाई यो पनि मन पर्न सक्छ

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका ठाउँ भर्नुहोस्।

कृपया सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। घृणा फैलाउने वा अपमानजनक प्रतिक्रिया हटाइनेछ।