शनिबार · २४ असोज २०८३ काठमाडौं१४°C
KHABARTHALI NEWSROOM शनिबार २४ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बझाङमा अटाे दुर्घटना, ४जना घाइते

हरिशचन्द्र भाट
समाचार प्रमुख २४७ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : बझाङको जयपृथ्वी नगरपालिका–९ सिमखेत पुरानो बसपार्क नजिकै गएराति अटाे दुर्घटना हुदा चारजना घाइते भएका छन्।
  • राति करिब ८:५० बजेको समयमा चैनपुरबाट झोतातर्फ जाँदै गरेको सुप्र ०१–००१ ह ६२७५ नम्बरको अटो अनियन्त्रित भई सडकको छेउमा पल्टिँदा चालकसहित अटाेमा सवार चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनायको छ ।
  • दुर्घटनामा अटो चालक केदारस्यु गाउँपालिका–९ का २४ वर्षीय विकास गिरी छातिमा चोट लागेर मध्यम घाइते भएका छन्।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : बझाङको जयपृथ्वी नगरपालिका–९ सिमखेत पुरानो बसपार्क नजिकै गएराति अटाे दुर्घटना हुदा चारजना घाइते भएका छन्।

राति करिब ८:५० बजेको समयमा चैनपुरबाट झोतातर्फ जाँदै गरेको सुप्र ०१–००१ ह ६२७५ नम्बरको अटो अनियन्त्रित भई सडकको छेउमा पल्टिँदा चालकसहित अटाेमा सवार चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनायको छ ।

दुर्घटनामा अटो चालक केदारस्यु गाउँपालिका–९ का २४ वर्षीय विकास गिरी छातिमा चोट लागेर मध्यम घाइते भएका छन्। यस्तै, केदारस्यु १ का २९ वर्षीय दिनेश भण्डारी, केदारस्यु ९ का ३६ वर्षीय दीपक धामी र दुर्गाथली गाउँपालिका३ का ३८ वर्षीय शिवराज कठायतको टाउको, हातखुट्टा र शरीरका विभिन्न भागमा चोट लागी घाइते भएका छन्।

दुर्घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घाइतेहरूलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल बझाङमा उपचारका लागि पठाइएको र अहिले सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।