शनिबार · २४ असोज २०८३ काठमाडौं१५°C
KHABARTHALI NEWSROOM शनिबार २४ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीको पाटन बशपार्क मा रोपाई

हरिशचन्द्र भाट
समाचार प्रमुख २४७ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : बैतडीको पाटन नगरपालिका ०६ स्थित पाटन बशपार्क मा स्थानियहरुले धान दिवशको अवसरमा रोपाई खेलि दिएका छन।
  • विगत १० बर्ष देखि ठप्प रहेको बशपार्क मा पाटन नगरपालिका का स्थानिय बासिन्दाहरुले हलगोरु जोतेर रोपाई गरिदिएका हुन।
  • यस्तै खेतीयोग्य जमिनलाई आफूहरुले बशपार्कको लागी छोडे पनि काम नभए पछि र स्थानिय सरकार ले केहि सुनुवाइ नगरे पछि आज स्थानियबासी मिलेर धान दिवश को अवसरमा रोपाई खेलेर हिल्याम्म बनाएको खबरथली पाटन सहकर्मी मनमोहन बिष्टले बताउनु भयो।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : बैतडीको पाटन नगरपालिका ०६ स्थित पाटन बशपार्क मा स्थानियहरुले धान दिवशको अवसरमा रोपाई खेलि दिएका छन।

विगत १० बर्ष देखि ठप्प रहेको बशपार्क मा पाटन नगरपालिका का स्थानिय बासिन्दाहरुले हलगोरु जोतेर रोपाई गरिदिएका हुन।

यस्तै खेतीयोग्य जमिनलाई आफूहरुले बशपार्कको लागी छोडे पनि काम नभए पछि र स्थानिय सरकार ले केहि सुनुवाइ नगरे पछि आज स्थानियबासी मिलेर धान दिवश को अवसरमा रोपाई खेलेर हिल्याम्म बनाएको खबरथली पाटन सहकर्मी मनमोहन बिष्टले बताउनु भयो।

पाटन सहर देशकै १० नम्बर भित्र पर्ने भएकाले स्थानिय सरकारले यस्ता कामहरुमा बढि ध्यान दिन जरुरी छ।

यसै बिच असार १५ राष्ट्रिय धान दिवसका दिन स्थानीयले हलगोरू लगेर बसपार्कमा रोपाँई गरी धान रोपेका हुन् । बिगत दश बर्ष सम्म पनि बसपार्कको निर्माण कार्यले पूर्णता नपाएपछि स्थानीयहरुले सम्बन्धि निकायको ध्यानाकर्षण गराउन धान रोपेर विरोध गरिएको हो।

पटक पटक सरकारलाई बसपार्क निर्माण सम्पन्न गर्नका लागि आग्रह गर्दासमेत नसुनेपछि फेरि शान्तिपूर्ण रुपले बिरोध गरेर दबाव दिन रोपाँई गरिएको पाटन बजार व्यवस्थापन समिति अध्यक्ष खेमराज भट्टले बताए । आर्थिक वर्ष २०७१-७२मा निर्माण सुरु गरिएको बसपार्क अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन।

पाटनमा आठवटा बस र चारवटा जीप एकैपटक पार्किङ गर्नसक्ने क्षमताको बसपार्क निर्माणको काम अलपत्र पर्दा समस्या भइरहेको राष्ट्रीय स्वतन्त्र पार्टी जिल्ला उपसभापति हेमन्त ऐरले बताए।

बससपार्क निर्माण सम्पन्न नहुँदा सवारीसाधन बजारमै पार्किङ हुन्छन । पाटन नयाँ सहर आयोजनाअन्तर्गत बसपार्क निर्माण भइरहेको भए पनि निर्माण सुरु भएको दश वर्ष बितिसक्दासमेत निर्माणको काम सम्पन्न हुन सकेको छैन ।

बसपार्क समयमै नबन्दा समस्या भएको भन्दै व्यापारी र स्थानीय नागरिकहरुले अविलम्ब काम अगाडि बढाएर निर्माण सम्पन्न हुनु पर्ने माग राखेका छन् ।

यो बसपार्क बैतडीबाट निर्वाचित नेपाल सरकारका उद्योग मन्त्री दामोदर भण्डारीको गृह पालिकामा पर्छ ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।