आइतबार · २५ असोज २०८३ काठमाडौं१९°C
KHABARTHALI NEWSROOM आइतबार २५ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

गोरखामा बुढीगण्डकी नदीमा भीषण बाढी, सल्लेरी बजार र जगत बजारमा ठूलो क्षति

Harish Mahara
संवाददाता ३ समाचार · नयाँ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा पर्ने बुढीगण्डकी नदीमा कालो लेदोसहितको भीषण बाढी आएको छ।
  • बाढीले सल्लेरी बजार बगाएको छ भने जगत बजारमा समेत ठूलो क्षति पुर्‍याएको प्रारम्भिक विवरण प्राप्त भएको छ।स्थानीय विशाल घालेका अनुसार बाढीले दुवै बजार क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ।
  • चुमनुब्री गाउँपालिकाको चेर्काम्पा क्षेत्रमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि एक्कासि बाढी आएको हुन सक्ने आशङ्का गरिएको छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा पर्ने बुढीगण्डकी नदीमा कालो लेदोसहितको भीषण बाढी आएको छ। बाढीले सल्लेरी बजार बगाएको छ भने जगत बजारमा समेत ठूलो क्षति पुर्‍याएको प्रारम्भिक विवरण प्राप्त भएको छ।स्थानीय विशाल घालेका अनुसार बाढीले दुवै बजार क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। चुमनुब्री गाउँपालिकाको चेर्काम्पा क्षेत्रमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि एक्कासि बाढी आएको हुन सक्ने आशङ्का गरिएको छ।

चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाका अनुसार आइतबार बिहान ठूलो आवाजसहित नदीको बहाव अचानक बढेको थियो। बाढी तल्लो तटीय क्षेत्रतर्फ अघि बढिरहेकाले नदी किनार तथा आसपासका जोखिमयुक्त बस्तीका बासिन्दालाई तत्काल सुरक्षित र अग्लो स्थानमा जान आग्रह गरिएको छ।स्थानीय बासिन्दालाई नदी किनारमा नबस्न र प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न अनुरोध गरिएको छ।

बाढीबाट भएको कुल भौतिक क्षति, मानवीय क्षति तथा उद्धार कार्यबारे विस्तृत विवरण आउन बाँकी छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।