शनिबार · १७ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM शनिबार १७ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बाजुराको बुढीगंगा सडक खण्डमा बस दुर्घटना: ब्रेक फेल हुँदा २६ जना घाइते, उद्धार कार्य जारी

Manoj Mahara
विकासकर्ता ८१ समाचार · अनुभवी लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बाजुराको बुढीगंगा नगरपालिका–८ रिठाबजारमा आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्।
  • महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ आउँदै गरेको सु.प.प्र.
  • ०१–००१ ख १३५५ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बाजुराको बुढीगंगा नगरपालिका–८ रिठाबजारमा आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ ख १३५५ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो।

बिहान ७:१० बजेको समयमा साफेबगर–मार्तडी सडकखण्डअन्तर्गत पर्ने रिठाबजार नजिकै बसको ब्रेक फेल भएको थियो। ब्रेक फेल भएपछि बस सडकको बाँयातिरको नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बसका चालक खप्तड छेडेदह गाउँपालिका–५ का ४३ वर्षीय खडक बुढा रहेका छन्।

दुर्घटनालगत्तै अस्थायी प्रहरी पोस्ट रिठाबजार, प्रहरी चौकी बार्जुगाड र जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षक गगनसिंह भाटको कमाण्डमा खटिएको टोलीले उद्धार कार्य सुरु गरेको थियो।

  • जिल्ला अस्पताल बाजुरा: २३ जना घाइतेको उपचार भइरहेको छ।
  • बयालपाटा अस्पताल, अछाम: १ जनालाई थप उपचारका लागि रिफर गरिएको छ।
  • अन्य: २ जना घाइते सामान्य उपचारपछि आफैं मोटरसाइकलमार्फत अस्पताल पुगेका छन्।

घाइतेहरूको नाम र ठेगानाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेश शाहीका अनुसार, अहिले घटनास्थलमा प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ। प्रहरीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दुर्घटनाको थप कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।

सडकको अवस्था र सवारी साधनको अवस्थालाई मध्यनजर गर्दै सुरक्षित यात्रा गर्न प्रहरीले सबै यात्रु तथा चालकहरूलाई आग्रह गरेको छ।

तस्बिर: Social media

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।