बुधबार · २८ असोज २०८३ काठमाडौं१६°C
KHABARTHALI NEWSROOM बुधबार २८ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

विधान विपरीत डोटी निर्माण व्यवसायी संघको कार्यसमिति गठन, माथिल्लो निकायबाट अध्ययन हुदै, कार्यसमिति धरापमा

हरिशचन्द्र भाट
समाचार प्रमुख २५० समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • धनगढी : डोटीमा निर्माण व्यवसायी संघको कार्यसमिति गठन प्रक्रियामाथि गम्भीर विवाद उत्पन्न भएको छ।
  • संघको आफ्नै विधानलाई बेवास्ता गर्दै मनोमानी ढंगले कार्यसमिति गठन गरिएको आरोप खुलेआम उठ्न थालेपछि संघभित्रै असन्तुष्टि चुलिएको हो।
  • स्रोतका अनुसार, कार्यसमिति गठनका क्रममा आवश्यक प्रक्रिया, मापदण्ड र वैधानिक प्रावधानहरू पालना नगरी सीमित व्यक्तिहरूको स्वार्थअनुसार संरचना तयार गरिएको बताइएको छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

धनगढी : डोटीमा निर्माण व्यवसायी संघको कार्यसमिति गठन प्रक्रियामाथि गम्भीर विवाद उत्पन्न भएको छ। संघको आफ्नै विधानलाई बेवास्ता गर्दै मनोमानी ढंगले कार्यसमिति गठन गरिएको आरोप खुलेआम उठ्न थालेपछि संघभित्रै असन्तुष्टि चुलिएको हो।

स्रोतका अनुसार, कार्यसमिति गठनका क्रममा आवश्यक प्रक्रिया, मापदण्ड र वैधानिक प्रावधानहरू पालना नगरी सीमित व्यक्तिहरूको स्वार्थअनुसार संरचना तयार गरिएको बताइएको छ। संघका केही सदस्यहरूले यो गठनलाई “पूर्वनियोजित र सेटिङको परिणाम” भन्दै कडा आपत्ति जनाएका छन्।

विवाद चर्किंदै गएपछि माथिल्लो निकायसमक्ष उजुरी पुगेको छ भने सम्बन्धित निकायले समेत यस विषयलाई गम्भीर रूपमा लिँदै अध्ययन तथा छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ। छानबिनमा विधान विपरीतका कार्यहरू प्रमाणित भएमा हाल गठन गरिएको कार्यसमिति स्वतः अवैध ठहरिने र भंग हुन सक्ने अवस्था देखिएको छ।

संघभित्रैबाट नेतृत्वको वैधतामाथि प्रश्न उठ्न थालेपछि वर्तमान कार्यसमिति नैतिक तथा कानुनी दबाबमा परेको छ। यसले निर्माण व्यवसायीहरूबीच विश्वासको संकट गहिरिने मात्र होइन, आगामी दिनमा संघको गतिविधिमा समेत प्रत्यक्ष असर पर्ने देखिन्छ।

यस घटनाले डोटी जिल्लामा मात्र होइन, समग्र निर्माण व्यवसायी क्षेत्रमा नै पारदर्शिता, विधि र नेतृत्वको जिम्मेवारीमाथि गम्भीर बहस सुरु गराएको छ। अब छानबिनले कस्तो निष्कर्ष निकाल्छ र दोषी ठहरिएमा कस्तो कारबाही हुन्छ भन्ने चासो बढ्दो छ।

received 961291406274257

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।