शुक्रबार · २३ असोज २०८३ काठमाडौं१६°C
KHABARTHALI NEWSROOM शुक्रबार २३ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

अछाममा कक्षा०८ अनुत्तीर्ण भएको भन्दै एक छात्राले गरिन आत्महत्या

Manmohan singh Bist
संवाददाता ४८ समाचार · सक्रिय लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी:अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ लयाँटीकी १६ वर्षीया छात्रा अस्मिता भुलले आत्महत्या गरेकी छन्।
  • नवज्योति माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत अस्मिताले रुखमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
  • प्रहरीका अनुसार कक्षा ८ को नतिजा अनुत्तीर्ण भएको खबर पाएलगत्तै अस्मिता सोमबार साँझ घरबाट बेपत्ता भएकी थिइन्।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी:अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ लयाँटीकी १६ वर्षीया छात्रा अस्मिता भुलले आत्महत्या गरेकी छन्। नवज्योति माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत अस्मिताले रुखमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

प्रहरीका अनुसार कक्षा ८ को नतिजा अनुत्तीर्ण भएको खबर पाएलगत्तै अस्मिता सोमबार साँझ घरबाट बेपत्ता भएकी थिइन्। पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनले आत्महत्या गर्नुअघि एउटा सुसाइड नोट पनि लेखेको भेटिएकाे छ ।

मंगलबार बिहान घर नजिकैको रूखमा अस्मिता झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन लगिएको प्रहरीले जनाएको छ।
यस दुःखद घटनाले गाउँमा शोक छाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।