9:09 PM NPT
ब्रेकिङ
उदयदेव पाटन प्रिमियर लिग सिजन-६ कात्तिक ८ देखि हुन्छेसुर्नया–४ को तीज विशेष देउडा प्रतियोगितामा अम्बादत्त जोशी र टिका साउद आउँदैजामिया सिराजुल उलूम अलसल्फियह झण्डानगर र मुस्लिम समुदायको बाढीपीडितका लागि २ लाख ७४ हजार सहयोगरामेछापमा पढाउँदै, सुदूरपश्चिमको पहिचान जोगाउँदै २४ वर्षीया विज्ञान शिक्षिका चन्द्रिका जोशीअविरल वर्षाले सुर्नया–४ मा दुईतले घर पूर्ण रूपमा क्षतिग्रस्त
बैतडी --°C
|
काठमाडौं --°C
|
धनगढी --°C

सुर्नया–४ को तीज विशेष देउडा प्रतियोगितामा अम्बादत्त जोशी र टिका साउद आउँदै

सुर्नया–४ को तीज विशेष देउडा प्रतियोगितामा अम्बादत्त जोशी र टिका साउद आउँदै
पोस्ट गरिएको — २७ भदौ २०८३ · २:५२ PM
हरिशचन्द्र भाट
लेखकवरिष्ठ लेखक२१४ प्रकाशित समाचार
यो समाचार शेयर गर्नुहोस्


बैतडी । हरितालिका तीजको अवसरमा बैतडीको सुर्नया गाउँपालिका–४ फाटीगडामा आयोजना हुन लागेको तीज विशेष खुला मौलिक देउडा प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रममा चर्चित देउडिया अम्बादत्त जोशी र टिका साउदको विशेष प्रस्तुति रहने भएको छ।

सुर्नया गाउँपालिका–४ वडा कार्यालयको आयोजनामा हुन लागेको कार्यक्रममा मौलिक देउडा प्रतियोगितासहित विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको हो। कार्यक्रममा चर्चित देउडिया अम्बादत्त जोशी र टिका साउदको प्रस्तुति थप आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ।

सुदूरपश्चिमको मौलिक कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा स्थानीय कलाकार तथा देउडा प्रेमीहरूको समेत सहभागिता रहने अपेक्षा गरिएको गाउपालिका प्रवक्ता तथा वडा नम्बर ०४ का वडा अध्यक्ष प्रताप महराले जानकारी दिनु भयो ।

कार्यक्रम भदौ २८ र २९ गते अर्थात भोलि र पर्सी बिहान १० बजेदेखि श्री राष्ट्रिय माध्यमिक विद्यालय फाटीगडाको प्राङ्गणमा सञ्चालन हुनेछ।कार्यक्रममा हुने खुला मौलिक देउडा प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिने कलाकारलाई पुरस्कार तथा सम्मान गरिने गाउपालिका प्रवक्ता एबम वडा अध्यक्ष महराको भनाइ छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक कलाकार तथा समूहले तोकिएको समयभित्र नाम दर्ता गराउनुपर्ने आयोजकले जनाएको छ।

तीज पर्वको अवसरमा आयोजना हुन लागेको कार्यक्रमले मनोरञ्जनसँगै सुदूरपश्चिमको मौलिक देउडा संस्कृति, कला र परम्पराको संरक्षणमा योगदान पुग्ने विश्वास गरिएको छ।

आयोजकले देउडा प्रेमी, कलाकार, महिला दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण स्थानीयवासीलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन आग्रह गरेको छ।

चर्चित देउडिया अम्बादत्त जोशी र टिका साउदको प्रस्तुति रहने भएपछि सुर्नया–४ को तीज विशेष देउडा कार्यक्रम थप आकर्षक बन्ने भएको छ।

1000012702
Exif_JPEG_420
तपाईंको प्रतिक्रिया

यो समाचारबारे तपाईंलाई कस्तो लाग्यो?

ट्यागहरू:

यस लेखकका थप समाचार

सबै हेर्नुहोस्
पाठक संवाद

प्रतिक्रिया

सभ्य, विषयसँग सम्बन्धित र जिम्मेवार प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *

समाचार खोज्नुहोस्

खबरथली