आइतबार · १८ असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM आइतबार १८ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीमा नेपाल टेलिकमको टावरमा तोडफोड र चोरी, सेवा पूर्ण रूपमा ठप्प

Manmohan singh Bist
संवाददाता ४७ समाचार · सक्रिय लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी - बैतडीको पञ्चेश्वर गाउँपालिका-१ स्थित डुङरीखानमा रहेको नेपाल टेलिकमको टावरमा तोडफोड गरी सामग्री चोरी भएको छ।
  • अज्ञात समूहले टावरमा तोडफोड गर्दै त्यहाँ जडान गरिएका ३ थान सेफ्टी फायर चोरी गरेका धर्मघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पुस्कल चन्दले बताए ।तोडफोड र चोरीका कारण उक्त टावरबाट प्रवाह हुँदै आएको नेपाल टेलिकमको सेवा पूर्ण रूपमा बन्द भएको छ।
  • टावरमा जडान गरिएका मेसिन सहित तार र भवनमा समेत क्षती भएको बताइएको छ ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका-१ स्थित डुङरीखानमा रहेको नेपाल टेलिकमको टावरमा तोडफोड गरी सामग्री चोरी भएको छ। अज्ञात समूहले टावरमा तोडफोड गर्दै त्यहाँ जडान गरिएका ३ थान सेफ्टी फायर चोरी गरेका धर्मघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पुस्कल चन्दले बताए ।
तोडफोड र चोरीका कारण उक्त टावरबाट प्रवाह हुँदै आएको नेपाल टेलिकमको सेवा पूर्ण रूपमा बन्द भएको छ। टावरमा जडान गरिएका मेसिन सहित तार र भवनमा समेत क्षती भएको बताइएको छ । टेलिकम टावरमा राखिएका मेसिन तार पुर्ण रुपमा नष्ट गरिएका छन भने ३ थान सेफ्टी फायर चोरी गरिएका प्रहरी सहायक निरीक्षक चन्दले बताए ।
चोरी र तोडफोडभए पछि पञ्चेश्वर क्षेत्रका स्थानीय बासिन्दा सञ्चार सुविधाबाट बञ्चित भएका छन्। प्रहरी स्रोतका अनुसार तोडफोड र चोरीपछि टेलिकम टावरमा करिब १३ लाख बराबरको क्षति भएको आकलन गरिएको छ । घटनापश्चात् तोडफोड र चोरीमा संलग्न व्यक्ति वा समूहको तीव्र रूपमा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान सुरु गरिसकेको र दोषीलाई चाँडै नियन्त्रणमा लिइने बताएको छ। यस्तै, बन्द भएको टेलिकम सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन, आवश्यक मर्मत सम्भारको काम अघि बढाउन स्थानीय नागरिकले सम्बन्धित पक्ष संग आग्रह गरेका छन ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।