आइतबार · १८ असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM आइतबार १८ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाउने बैतडीका महेन्द्र महरालाई ५३८ अमेरिकी डलर पुरस्कार

हरिशचन्द्र भाट
समाचार प्रमुख २३५ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी ।
  • बैतडीको सुर्नया गाउँपालिका–४ घर भएका नेपाली BCA विद्यार्थी तथा सफ्टवेयर डेभलपर महेन्द्र महराले फेसबुक प्लेटफर्ममा रहेको सुरक्षा कमजोरी पत्ता लगाएर रिपोर्ट गरेबापत ५३८ अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन्।
  • महराले फेसबुकका अन्य प्रयोगकर्ताको अकाउन्टबाट OTP लगायतका संवेदनशील जानकारी अनधिकृत रूपमा हेर्न सकिने र त्यसको दुरुपयोग गरी अकाउन्टमा अनधिकृत पहुँच कायम गर्न सकिने सम्भावित सुरक्षा समस्या पत्ता लगाएका थिए।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–४ घर भएका नेपाली BCA विद्यार्थी तथा सफ्टवेयर डेभलपर महेन्द्र महराले फेसबुक प्लेटफर्ममा रहेको सुरक्षा कमजोरी पत्ता लगाएर रिपोर्ट गरेबापत ५३८ अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन्।

महराले फेसबुकका अन्य प्रयोगकर्ताको अकाउन्टबाट OTP लगायतका संवेदनशील जानकारी अनधिकृत रूपमा हेर्न सकिने र त्यसको दुरुपयोग गरी अकाउन्टमा अनधिकृत पहुँच कायम गर्न सकिने सम्भावित सुरक्षा समस्या पत्ता लगाएका थिए।

उनले उक्त सुरक्षा कमजोरीबारे सम्बन्धित निकायलाई जिम्मेवार ढंगले रिपोर्ट गरेपछि Meta को Bug Bounty Program अन्तर्गत ५३८ अमेरिकी डलर पुरस्कार प्राप्त गरेका हुन्।

बैतडीको दुर्गम क्षेत्रबाट प्रविधिको क्षेत्रमा अघि बढेका महराले अन्तर्राष्ट्रिय स्तरको प्रविधि कम्पनीको सुरक्षा कमजोरी पहिचान गरी पुरस्कार प्राप्त गर्नु जिल्लाका साथै नेपालकै लागि गौरवको विषय बनेको छ।

महराको यो उपलब्धिले नेपाली युवा तथा BCA अध्ययनरत विद्यार्थीलाई साइबर सुरक्षा र सफ्टवेयर विकासको क्षेत्रमा अघि बढ्न थप प्रेरणा मिल्ने विश्वास गरिएको छ। उनको सफलताप्रति विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।