सोमबार · १९ असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM सोमबार १९ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडीको पुर्चौडी–१ ले ७० वर्षमाथिका विधुर पुरुषको तथ्याङ्क संकलन गर्दै

हरिशचन्द्र भाट
समाचार प्रमुख २३७ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी, असार २९ – बैतडीको पुर्चौडी नगरपालिका–१ ले वडाभित्र रहेका ७० वर्ष उमेर पूरा गरेका विधुर (एकल पुरुष)हरूको तथ्याङ्क संकलन सुरु गरेको छ।
  • वडा अध्यक्ष गणेश बहादुर गडालद्वारा जारी सूचनाअनुसार वडा नं.
  • १ अन्तर्गतका ९ वटै टोलमा बसोबास गर्ने ७० वर्षमाथिका विधुर पुरुषले आगामी असार ३२ गतेभित्र वडा कार्यालयमा उपस्थित भई आफ्नो विवरण दर्ता गराउनुपर्नेछ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी, असार २९ – बैतडीको पुर्चौडी नगरपालिका–१ ले वडाभित्र रहेका ७० वर्ष उमेर पूरा गरेका विधुर (एकल पुरुष)हरूको तथ्याङ्क संकलन सुरु गरेको छ।

वडा अध्यक्ष गणेश बहादुर गडालद्वारा जारी सूचनाअनुसार वडा नं. १ अन्तर्गतका ९ वटै टोलमा बसोबास गर्ने ७० वर्षमाथिका विधुर पुरुषले आगामी असार ३२ गतेभित्र वडा कार्यालयमा उपस्थित भई आफ्नो विवरण दर्ता गराउनुपर्नेछ।

तथ्याङ्क संकलनका लागि नेपाली नागरिकताको प्रमाणपत्र तथा श्रीमतीको मृत्यु दर्ता प्रमाणपत्र वा सम्बन्ध विच्छेदको प्रमाणपत्रको सक्कल प्रति साथ ल्याउन वडा कार्यालयले अनुरोध गरेको छ।
विधुर पुरुषहरूको वास्तविक अवस्था पहिचान गरी आवश्यक नीति, योजना तथा लक्षित कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ।

स्थानीय स्तरमा पछाडि परेका र कम प्राथमिकतामा पर्ने विधुर (एकल पुरुष)हरूको अवस्था अभिलेखीकरण गर्ने पुर्चौडी–१ को यो पहललाई सकारात्मक रूपमा हेरिएको छ। यस्ता वर्गको पहिचान गरी आवश्यक सहयोग र सेवामा पहुँच सुनिश्चित गर्न अन्य स्थानीय तहले पनि यस्तै अभियान सञ्चालन गर्नु पर्ने आवश्यक देखिन्छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।