शुक्रबार · २३ असोज २०८३ काठमाडौं२०°C
KHABARTHALI NEWSROOM शुक्रबार २३ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

नेपाली राष्ट्रिय क्रिकेट टोली आज हङकङ जाँदै,बुधबार देखि खेलहरु सुरु हुने

हरिशचन्द्र भाट
समाचार प्रमुख २४७ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : हङकङमा हुने चारदेशीय टि ट्वान्टी आई सिरिजमा भाग लिन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ।
  • आज नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह राउत तथा पदाधिकारीले टोलीलाई बिदाइ गरे।
  • बुधबार सुरु हुन सिरिजको लागि टोली ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा रहनेछ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : हङकङमा हुने चारदेशीय टि ट्वान्टी आई सिरिजमा भाग लिन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ।

आज नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह राउत तथा पदाधिकारीले टोलीलाई बिदाइ गरे।

बुधबार सुरु हुन सिरिजको लागि टोली ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा रहनेछ। नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल नआइपुगेको कारण मल्ललाई यो सिरिजको लागि जिम्मेवारी दिइएको हो।

मल्लले क्यानले यो जिम्मेवारी दिएकोमा धन्यवाद दिए र आफ्नो लागि गर्वको विषय भएको बताए। साथै खेलाडीहरूले सहजै स्वीकारेको कारण निकै सजिलो भएको पनि उनले भने।

साथै प्रधानमन्त्री कप खेले लगतै ५ दिनको छोटो तयारीका बाबजुद टोली लयमा रहेको र जितको लागि खेल्ने मल्लको विश्वास छ।

लामो समयपछि टि ट्वान्टी खेल्न लागेको र यसले सेप्टेम्बरमा हुने टि ट्वान्टी विश्व कप छनोटको लागि मद्दत पुग्ने बताए। बसिर अहमद, लोकेश बम र नन्दन यादवले कमब्याक गरेको विषयमा उनीहरूले एनपिएल र घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेको कारण टोलीलाई सहयोग पुग्ने कप्तान रोहित पौडेलले बताए।

नेपालले सिरिजमा कुवेत, कतार र आयोजक हङकङसँग खेल्नेछ। नेपालले पछिल्लो पटक गत अक्टोबरमा अमेरिकासँग खेलेको सिरिज ३-० ले जितेको थियो। यसपछि नेपालले खेल्न लागेको यो पहिलो टी ट्वान्टी सिरिज हो।

नेपालले बुधबार पहिलो खेल हङकङसँग खेल्नेछ। नेपाली टिम आज राती हङकङ प्रस्थान गर्नेछ।

नेपाली क्रिकेट टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, बसिर अहमद, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, सोमपाल कामी, करण केसी, शहाब आलम, नन्दन यादव, रिजन ढकाल र गुलशन झा

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।