बैतडी : बैतडीको दशरथचन्द नगरपालिकाका एक कार्यपालिका सदस्यलाई प्रहरीले चोरी कसुरमा पक्राउ गरेको छ।
प्रहरी प्रवक्ता सुरज सिंहका अनुसार उनलाई चोरीसम्बन्धी घटनामा अनुसन्धानका लागि पक्राउ गरिएको हो।
दशरथचन्द नगरपालिका–५, औला गाउँमा घर फुटाएर चोरी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका कार्यपालिका सदस्यमाथि अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ।












प्रतिक्रिया ०
सभ्य, विषयसँग सम्बन्धित र जिम्मेवार प्रतिक्रिया लेख्नुहोस्।