7:51 PM NPT
ब्रेकिङ
सम्भावित विपद्लाई मध्यनजर गर्दै सुर्नयाका सबै विद्यालयमा भोलि बिदाएसियन गेम्समा नेपालका लगातार दुई खेल,शुक्रबार अफगानिस्तान र शनिबार जापानसँग भिड्नेनेविसंघ नेता भट्टको कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणाबैतडीका युवा गणेश भट्ट भारतको बेङ्गलोरबाट सम्पर्कविहीन ..शुक्रबार देखि भारी बर्षा हुदै,सतर्कता अपनाउन आग्रह
बैतडी --°C
|
काठमाडौं --°C
|
धनगढी --°C

सम्भावित विपद्लाई मध्यनजर गर्दै सुर्नयाका सबै विद्यालयमा भोलि बिदा

सम्भावित विपद्लाई मध्यनजर गर्दै सुर्नयाका सबै विद्यालयमा भोलि बिदा
पोस्ट गरिएको — ८ असोज २०८३ · ७:४९ PM
हरिशचन्द्र भाट
लेखकसमाचार प्रमुखवरिष्ठ लेखक२२५ प्रकाशित समाचार
यो समाचार शेयर गर्नुहोस्

बैतडी । देशका विभिन्न स्थानमा भारी वर्षा, हावाहुरी तथा चट्याङको सम्भावना रहेको भन्दै सुर्नया गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयमा असोज ९ गते शुक्रबार बिदा दिने निर्णय गरेको छ।

सुर्नया गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय, रौलेश्वर–बैतडीले २०८३ असोज ८ गते जारी गरेको सूचनामा जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारीका आधारमा विद्यालय बिदा गरिएको गाउपालिका अध्यक्ष अम्मरबहादुर कुवँर ले बताउनु भयो।

गाउँपालिकाले सम्भावित वर्षा, हावाहुरी तथा चट्याङबाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै विद्यालयमा बिदा दिने निर्णय गरेको हो। साथै, बर्खाको समयमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन तथा सम्भावित जोखिमबाट सुरक्षित रहन विद्यार्थी, शिक्षक र अभिभावकलाई अध्यक्ष कुवँर ले आग्रह गरेका छन।

शिक्षा तथा खेलकुद मन्त्रालयले पनि स्थानीय तहसँग समन्वय गरी आवश्यकताअनुसार असोज ९ र १० गते विद्यालय बिदा गर्न आग्रह गरेको छ। मन्त्रालयले नदी, खोला, पहिरो तथा अन्य जोखिमयुक्त स्थानमा बालबालिकालाई जान नदिन अभिभावकलाई अनुरोध समेत गरेको छ।

तपाईंको प्रतिक्रिया

यो समाचारबारे तपाईंलाई कस्तो लाग्यो?

ट्यागहरू:

यस लेखकका थप समाचार

सबै हेर्नुहोस्
पाठक संवाद

प्रतिक्रिया ०

सभ्य, विषयसँग सम्बन्धित र जिम्मेवार प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *

समाचार खोज्नुहोस्

खबरथली