बैतडी : बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीमा फेरि पहिरो खसेपछि स्थानीयमा त्रास बढेको छ। पहिरोका कारण सडक अवरुद्ध हुनुका साथै सुर्नया नदीसमेत थुनिएर ड्याम बनेको बताइएको छ।
पहिरोका कारण ढोले गाउँ नै जोखिममा परेको छ। स्वास्थ्य संस्था, वडा कार्यालय तथा सडक छेउमा रहेका करिब ३० घर उच्च जोखिममा रहेका छन्। साथै भुमिराज मन्दिरसमेत पहिरोको जोखिममा परेको सुर्नया गाउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष भान बहादुर बोहराले बताउनु भयो।
नदी थुनिएर पानीको बहाव रोकिएपछि जोखिम झनै बढेको छ। स्थानीयले तत्काल उद्धार तथा जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।












प्रतिक्रिया ०
सभ्य, विषयसँग सम्बन्धित र जिम्मेवार प्रतिक्रिया लेख्नुहोस्।