आइतबार · १८ असोज २०८३ काठमाडौं१७°C
KHABARTHALI NEWSROOM आइतबार १८ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

आँखाको दृष्टि गुमाएका ४२ वर्षीय जगी सिंह महरा,जिर्ण घर र चरम गरिबीमा कष्टकर जीवन बिताउदै

हरिशचन्द्र भाट
समाचार प्रमुख २३५ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी — बैतडीको सुर्नया गाउँपालिका–४ नोडालेकका ४२ वर्षीय जगी सिंह महरा विगत १५ वर्षदेखि दुवै आँखाको दृष्टि गुमाएर कष्टकर जीवन बिताउन बाध्य छन्।
  • पाँच छोरीका बुवा महरा अहिले चरम गरिबी, अपाङ्गता र जिर्ण घरको समस्याबीच जीवन गुजारिरहेका छन्।
  • महराको घरसमेत निकै जिर्ण अवस्थामा रहेको छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी — बैतडीको सुर्नया गाउँपालिका–४ नोडालेकका ४२ वर्षीय जगी सिंह महरा विगत १५ वर्षदेखि दुवै आँखाको दृष्टि गुमाएर कष्टकर जीवन बिताउन बाध्य छन्। पाँच छोरीका बुवा महरा अहिले चरम गरिबी, अपाङ्गता र जिर्ण घरको समस्याबीच जीवन गुजारिरहेका छन्।

महराको घरसमेत निकै जिर्ण अवस्थामा रहेको छ। आर्थिक अवस्था कमजोर भएका कारण घर मर्मत तथा पुनर्निर्माण गर्न नसक्दा उनी जोखिमपूर्ण अवस्थामा बस्न बाध्य छन्। दुवै आँखाको दृष्टि गुमाएपछि दैनिक जीवनयापनमा समेत कठिनाइ भोग्दै आएका महराको परिवारलाई आर्थिक समस्या थप चुनौती बनेको छ।

अपाङ्गता भएका तथा विपन्न नागरिकका लागि राज्यले विभिन्न सेवा–सुविधा र सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आए पनि महराको अवस्थाप्रति सम्बन्धित निकायको पर्याप्त ध्यान पुग्न नसकेको स्थानीयको गुनासो छ।

स्थानीयले ४२ वर्षीय जगी सिंह महराको दयनीय अवस्थाप्रति सुर्नया गाउँपालिका, वडा कार्यालय तथा सम्बन्धित सरोकारवाला निकायले तत्काल ध्यान दिई उनको परिवारको सुरक्षित आवास तथा जीवनयापनका लागि आवश्यक सहयोग गर्न माग गरेका छन्।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।