शनिबार · १७ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM शनिबार १७ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

सिगास गाउँपालिकामा आइतबारको बिदा कटौती, अब साताभरि नै सेवा प्रवाह

Manoj Mahara
विकासकर्ता ८१ समाचार · अनुभवी लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी: बैतडीको सिगास गाउँपालिकाले हप्तामा दुई दिन दिँदै आएको सार्वजनिक बिदा कटौती गरेको छ।
  • गाउँकार्यपालिकाको असार ४ गतेको बैठकले आइतबारको बिदा हटाउने निर्णय गरेसँगै अब गाउँपालिका मातहतका सबै कार्यालय र विद्यालयहरू साताभरि नै सञ्चालनमा आउने भएका छन्।
  • लामो समयदेखि हप्तामा दुई दिन बिदा हुँदा सेवाग्राहीहरूलाई सास्ती भएको र विभिन्न क्षेत्रबाट सेवा प्रवाहमा असहजता भएको भन्दै व्यापक जनगुनासो आएपछि गाउँपालिकाले यस्तो कदम चालेको हो।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी: बैतडीको सिगास गाउँपालिकाले हप्तामा दुई दिन दिँदै आएको सार्वजनिक बिदा कटौती गरेको छ। गाउँकार्यपालिकाको असार ४ गतेको बैठकले आइतबारको बिदा हटाउने निर्णय गरेसँगै अब गाउँपालिका मातहतका सबै कार्यालय र विद्यालयहरू साताभरि नै सञ्चालनमा आउने भएका छन्।

लामो समयदेखि हप्तामा दुई दिन बिदा हुँदा सेवाग्राहीहरूलाई सास्ती भएको र विभिन्न क्षेत्रबाट सेवा प्रवाहमा असहजता भएको भन्दै व्यापक जनगुनासो आएपछि गाउँपालिकाले यस्तो कदम चालेको हो। प्रमुख प्रशासकीय अधिकृत शंकरबहादुर बोहराका अनुसार, अब आइतबार पनि सेवा नियमित रूपमा सुचारु हुनेछ।

कार्यालय सञ्चालनको नयाँ समय तालिका:

गाउँपालिकाले सार्वजनिक गरेको नयाँ सूचनाअनुसार अब कार्यालयहरूले सिजनअनुसार तल उल्लेखित समयमा सेवा प्रवाह गर्नेछन्:

  • कार्तिक १५ गतेसम्म: बिहान १० बजेदेखि साँझ ५ बजेसम्म।
  • कार्तिक १६ देखि माघ १५ सम्म: बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म।
  • माघ १६ देखि चैत मसान्तसम्म: बिहान १० बजेदेखि साँझ ५ बजेसम्म।

त्यसैगरी, शुक्रबारको दिन भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्र कार्यालय सञ्चालन हुनेछ। यो निर्णय लागू भएसँगै वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयहरूमा सेवा लिन आउने सेवाग्राहीलाई थप सहज हुने गाउँपालिकाले अपेक्षा गरेको छ।

sigas 1781936670

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।