आइतबार · १८ असोज २०८३ काठमाडौं१९°C
KHABARTHALI NEWSROOM आइतबार १८ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडी बस दुर्घटना: एकको मृत्यु, १० जना घाइते

Manoj Mahara
विकासकर्ता ८१ समाचार · अनुभवी लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी, असार ५ बैतडीको दशरथचन्द नगरपालिका–४, शाहीलेकमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
  • धनगढीबाट बैतडी सदरमुकाम आउँदै गरेको सुदूरपश्चिम यातायातको सु.प.प्र.
  • ०१–००१ ख ३६४६ नम्बरको बस साँझ पौने ६ बजे अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी, असार ५ बैतडीको दशरथचन्द नगरपालिका–४, शाहीलेकमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

धनगढीबाट बैतडी सदरमुकाम आउँदै गरेको सुदूरपश्चिम यातायातको सु.प.प्र. ०१–००१ ख ३६४६ नम्बरको बस साँझ पौने ६ बजे अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

मृतक र घाइतेको विवरण दुर्घटनामा दशरथचन्द नगरपालिका–६ का ३५ वर्षीय वीरेन्द्रबहादुर चन्दको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा १० जना घाइते भएका छन्। घाइते हुनेहरूमा:

  • दशरथचन्द न.पा.–४ का: लक्ष्मी ऐर (२७), हेमविक्रम जोशी (८), पूर्णदेवी जोशी (६०), पूजा कार्की (२२) र उनकी छोरी दृष्टि कार्की (३)
  • दशरथचन्द न.पा.–२, देहीमाण्डौंका: ललिता लावड (२०) र जानकी लावड (३२)
  • दशरथचन्द न.पा.–६ की: लक्ष्मी साउँद (३०)
  • दशरथचन्द न.पा.–५ का: कर्णदेव भट्ट (५२)
  • पाटन न.पा.–९, खोड्पेका: कविराज भट्ट (३५)

उपचार र अनुसन्धान जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहका अनुसार घाइतेमध्ये कविराज भट्टलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ भने अन्य घाइतेहरूको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ।

बसमा चालकसहित १२ जना सवार थिए। बसका चालक पाटन नगरपालिका–८ का ३७ वर्षीय केशवसिंह महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।