बुधबार · २८ असोज २०८३ काठमाडौं२४°C
KHABARTHALI NEWSROOM बुधबार २८ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

सुर्नयामा चरम बेथिति: पद नै नभएको ठाउँमा ‘हाकिम खटियो’ भन्ने ड्रामा

हरिशचन्द्र भाट
समाचार प्रमुख २५० समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी सुर्नया = बैतडीको सुर्नया गाउँपालिका अहिले गम्भीर प्रशासनिक अन्योलको केन्द्र बनेको छ।
  • गाउँपालिकामा प्रमुख प्रशासनिक अधिकृतका रूपमा जितेन्द्र बिक खटाइएको चर्चा भइरहँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अभिलेखले भने फरक तस्वीर देखाएको छ।
  • मन्त्रालयमा गरिएको खोजीअनुसार सुर्नया गाउँपालिकामा प्रमुख प्रशासनिक अधिकृतको पद रिक्त नरहेको देखिएको छ।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी सुर्नया = बैतडीको सुर्नया गाउँपालिका अहिले गम्भीर प्रशासनिक अन्योलको केन्द्र बनेको छ। गाउँपालिकामा प्रमुख प्रशासनिक अधिकृतका रूपमा जितेन्द्र बिक खटाइएको चर्चा भइरहँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अभिलेखले भने फरक तस्वीर देखाएको छ।

मन्त्रालयमा गरिएको खोजीअनुसार सुर्नया गाउँपालिकामा प्रमुख प्रशासनिक अधिकृतको पद रिक्त नरहेको देखिएको छ। यही कारण मन्त्रालयले हालसम्म कुनै औपचारिक सूचना पठाउन नसकेको जानकारी प्राप्त भएको छ।

एउटै विषयमा दुई फरक तथ्य बाहिर आउँदा सुर्नयाको प्रशासनिक अवस्था थप अन्योलपूर्ण बनेको छ। स्थानीय तहमा भने प्रमुख प्रशासनिक अधिकृत नहुँदा सेवा प्रवाह प्रभावित भएको, विकास निर्माणका काम सुस्ताएको र निर्णय प्रक्रिया अलमलमा परेको जन गुनासो बढ्दै गएको छ।

निमित्तको भरमा सञ्चालन भइरहेको गाउँपालिकामा एकातिर “हाकिम खटियो” भन्ने भनाइ, अर्कोतिर मन्त्रालयकै अभिलेखमा “पद खाली छैन” भन्ने तथ्यले समन्वयको गम्भीर अभाव देखाएको छ।

अब सम्बन्धित निकायले ढिलाइ नगरी स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग उठ्न थालेको छ। अन्यथा, बढ्दो असन्तुष्टि जुनसुकै बेला आक्रोशमा बदलिन सक्ने संकेत देखिएको छ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।