Popular Posts

पुर्ण मल्लले गरे छोरिको सम्झनामा गर्जेपानी माविमा आकांक्षा स्मृति अक्षय कोषको स्थापना

बैतडी : बझाङको केदार स्यु गाउपालिका –१ का पुर्ण मल्लले छोरिको सम्झनामा सामुदायिक विद्यालयमा अक्षय कोष स्थापना गरेका छन् । मल्लले केदारस्यु गाउपालिका –१ स्थित गर्जेपानी माविमा आकांक्षा स्मृति अक्षय कोष स्थापना गरेका हुन्।

उनले छोरि को सम्झनामा ५० हजार रुपैँया बराबरको अक्षय कोष स्थापना गरेका हुन् । मल्लले विद्यालयको ६५ औँ वार्षिकोत्सव कार्यक्रममा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए। पुर्ण मल्ल उक्त विद्यालयमा कार्यरत शिक्षक समेत हुन।

असाहय, आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्री प्रदान गर्न आफूले स्वर्गीय छोरीका नाममा विद्यालयमा अक्षय कोष स्थापना गरेको मल्लले बताए।

पढाईमा मेहेनती आकांक्षाले गत बर्षको एसईई को परीक्षा बिग्रिएको भन्दै आत्महत्या गरेकी थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *