आइतबार · १८ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM आइतबार १८ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

सुर्नयामा खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न,सुर्नया ०४ को टिम किङ् कोइला प्रथम

हरिशचन्द्र भाट
समाचार प्रमुख २३५ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी सुर्नया : बैतडीको सुर्नया तडीगाउँमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएकाे  छ।
  • सुर्नया गाउँपालिका वडा नं.
  • ३ मा रहेको बासुदेव आधारभूत विद्यालय र बासुलिङ युवा क्लब तडीगाउँको संयुक्त आयोजनामा बुधबारदेखि सञ्चालित  प्रतियोगिता विहिवार सम्पन्न भएको हो।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी सुर्नया : बैतडीको सुर्नया तडीगाउँमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएकाे  छ।

सुर्नया गाउँपालिका वडा नं. ३ मा रहेको बासुदेव आधारभूत विद्यालय र बासुलिङ युवा क्लब तडीगाउँको संयुक्त आयोजनामा बुधबारदेखि सञ्चालित  प्रतियोगिता विहिवार सम्पन्न भएको हो।

सम्पन्न खुल्ला पुरुष भलिबल प्रतियोगितामा  किङ काेइला प्रथम भएकाे छ । प्रथम स्थान हासिल गरेकाे किङ काेइलाले नगद ९ हजार ट्रफि मेडल र प्रमाणपत्र हात पार्न सफल भएकाे छ ।

यस्तै केदारमा मावि कठमडा द्वितीय भएकाे छ । उसले नगद ४५ सय ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ  ।

यस्तै तितृय स्थान जेनजी युनियनले प्राप्त गरेकाे छ । उसले नगद २५ सय ट्र्फि मेडल र प्रमाणपत्र  प्राप्त गरेकाे आयाेजकले जनाएकाे छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भानदेव भट्टकाे सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न संघ संस्थाका पदाधिकारी, सुर्नया गाउँपालिकका कर्मचारी , शिक्षक, खेल प्रेमि अभिभावक र स्थानीयहरुकाे सहभागीता रहेकाे थियाे ।

प्रतियोगितामा आयाेजक सहित आठ टिमको सहभागिता रहेको  थियाे ।

उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र खेल सञ्चाल गर्नमा सहयाेग गर्ने व्यक्तिहरुलाई पनि सम्मान पत्र बाट सम्मान गरिएकाे हाे ।

सबै सहयाेगि दाताहरुकाे सहयाेगमा भलिबल प्रतियोगिता गर्न सफल भएका क्लवका पदाधिकारी दिपेश भट्टले बताए ।

आयोजकका अनुसार खेलकुदमार्फत युवामा अनुशासन, आपसी सद्भाव र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।