आइतबार · १८ असोज २०८३ काठमाडौं१८°C
KHABARTHALI NEWSROOM आइतबार १८ असोज २०८३
नेपालको विश्वसनीय समाचार पोर्टलतथ्य · सन्तुलन · जिम्मेवारी
रेडियोई-पेपरपोडकास्टभिडियोज्ञान परीक्षाहाम्रो टिमप्रदेश समाचारमौसमसम्पर्क

खबरथली Search

समाचार खोज्नुहोस्

बैतडी दोगडाकेदारकी आरती महराको स्वास्थ्यमा गम्भीर समस्या,सहयोग गरिदिन सबैमा आग्रह

हरिशचन्द्र भाट
समाचार प्रमुख २३५ समाचार · वरिष्ठ लेखक
Share

Quick read

समाचार संक्षेप

AUTO
  • बैतडी : बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर–७ की स्थायी बासिन्दा तथा श्रीकोट क्याम्पसमा बीएड प्रथम वर्षमा अध्ययनरत छात्रा आरती महरा गम्भीर स्वास्थ्य समस्याबाट पीडित बनेकी छन्।
  • क्याम्पसकै लगनशील तथा खेलकुदमा सक्रिय छात्रा महरा एक सातादेखि फोक्सोसम्बन्धी रोगबाट ग्रसित भएपछि उनको अवस्था जटिल बन्दै गएको हो।
  • बैतडीमा उपचारको सम्भावना कम भएपछि उनलाई धनगढी रेफर गरिएको थियो।
यो उपलब्ध समाचार पाठ/अंशबाट तयार गरिएको छोटो संक्षेप हो।

बैतडी : बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर–७ की स्थायी बासिन्दा तथा श्रीकोट क्याम्पसमा बीएड प्रथम वर्षमा अध्ययनरत छात्रा आरती महरा गम्भीर स्वास्थ्य समस्याबाट पीडित बनेकी छन्। क्याम्पसकै लगनशील तथा खेलकुदमा सक्रिय छात्रा महरा एक सातादेखि फोक्सोसम्बन्धी रोगबाट ग्रसित भएपछि उनको अवस्था जटिल बन्दै गएको हो।


बैतडीमा उपचारको सम्भावना कम भएपछि उनलाई धनगढी रेफर गरिएको थियो। तर थप उपचारका लागि धनगढी लैजाँदै गर्दा डडेलधुरा पुगेको बित्तिकै आरतीलाई श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि डडेलधुरा अस्पतालमा भर्ना गरिएको परिवारले जनाएको छ।

हाल उनी विगत तीन दिनदेखि डडेलधुरा अस्पतालको आईसीयू कक्षमा भेन्टिलेटरमा राखेर उपचाररत छिन्। चिकित्सकका अनुसार यहाँ पनि उपचार सम्भव नहुने देखिएकाले उनलाई थप उच्चस्तरीय उपचारका लागि भेन्टिलेटरसहितको एम्बुलेन्समार्फत रेफर गरेर हिजो निसर्ग हस्पिटल लगिएको थियो।

आर्थिक अवस्था कमजोर भएको परिवारका लागि यो उपचार अत्यन्तै चुनौतीपूर्ण बनेको छ। महराको जीवन रक्षाका लागि तत्काल भेन्टिलेटरसहितको एम्बुलेन्स, उच्चस्तरीय अस्पतालमा उपचार तथा त्यससँग सम्बन्धित खर्च व्यवस्थापन गर्न आर्थिक सहयोगको खाँचो रहेको परिवारले जनाएको छ।

उनको उपचारमा सहजीकरण गर्न तथा आवश्यक आर्थिक सहयोग जुटाउन सम्बन्धित निकाय, स्थानीय सरकार, सामाजिक संघसंस्था, शुभेच्छुक व्यक्ति तथा सम्पूर्ण मानवतावादी मन भएका नागरिकहरूलाई परिवारले विनम्र अपिल गरेको छ।

आर्थिक सहयोग गर्न इच्छुक महानुभावहरूले ९८६६३०७०९५ नम्बरमा अथवा तल दिएको क्युआर मा सहयोग गर्न सक्नुहुनेछ।

Reader reaction

यो समाचार कस्तो लाग्यो?

एउटै प्रतिक्रिया छान्नुहोस् · चाहिँदा बदल्न सक्नुहुन्छ

पाठक प्रतिक्रिया ०

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

सभ्य र विषयसँग सम्बन्धित प्रतिक्रिया दिनुहोस्। इमेल सार्वजनिक गरिने छैन।

खबरथली समाचारपत्र

खबरथली अपडेट्स

महत्त्वपूर्ण समाचार र सम्पादकीय अपडेट इमेलमा प्राप्त गर्न सदस्य बन्नुहोस्।

खबरथली सहायकप्रकाशित समाचार र स्रोतमा आधारित

कुन समाचार खोज्दै हुनुहुन्छ? विषय लेख्नुहोस् वा यो समाचारबारे सोध्नुहोस्।

प्रकाशित स्रोत र सम्पादकीय सारांशका आधारमा प्रस्तुत जानकारी।