बैतडी : नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग बैतडी (वाईसीएल) अध्यक्षमा तर्कसिह ठगुन्ना चयन भएका छन् । पाटनमा सम्पन्न जिल्ला सम्मेलनले ठगुन्नाको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा दानसिह माल, प्रेम कार्की, एसोदा कार्की, सचिव कृष्ण पन्त, कोषाध्यक्ष हेमन्ती जोशी, सहसचिव बिनोद चयन भएको अध्यक्ष ठगुन्नाले बताए । अध्यक्ष चयन भएका ठगुन्ना पाटन नगरपालिका वडा नम्बर १ का निर्वाचीत वडा अध्यक्ष हुन् । पाटन नगर कमिटि अध्यक्ष जिम्मेवारी पुरा गरिसकेका ठगुन्नाले योङ कम्युनिस्ट लिग बैतडीकाे नेतृत्व सम्मालेका छन्र ।

बुधबार पाटनमा सम्पन्न जिल्ला सम्मेलनमा नेकपा माओवादी केन्द्र बैतडी जिल्ला इन्र्चाज नरेन्द्र कुवँर विजयसुन्दर, वाईसेल नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष नर बहादुर बिष्ट, माओवादी केन्द्रका प्रदेश सदस्य कमल सिह बोहरा अपी, तथा गाउँपालिका तथा नगरपालिका कमिटि अध्यक्ष र युवाहरुको सहभागीता थियो ।

By हरिशचन्द्र भाट

हरिशचन्द्र भाट खबर थलीका सम्पादक हुनुहुन्छ। उहाँ समसामयिक घटना, स्थानीय समाचार र युवा सरोकारका विषयहरूमा केन्द्रित रहेर कलम चलाउनुहुन्छ। सत्य तथ्य र सन्तुलित समाचार सम्प्रेषणमा उहाँको विशेष रुचि र दख्खल रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *